कामना सेवा क्रेडिट कार्ड जारी गर्ने पहिलो विकास बैंक

काठमाडौँ । कामना सेवा विकास बैंकले क्रेडिट कार्ड सेवा सुरुवात गरेको छ । बैंकले क्रेडिट कार्ड सेवा सुरु गरी नेपालकै पहिलो विकास बैंक हुन सफल बैंकले जनाएको छ ।

बैंकका अध्यक्ष सुदीप आचार्य र सञ्चालक विश्वेश्वर सुवेदीले संयुक्त रुपमा क्रेडिट कार्ड सेवाको उद्घघाटन गरी सेवा सुरु गरेका हुन् । ग्राहकहरूको चाहना र आवश्यकताहरू पूरा गर्ने क्रममा बैंकले क्रेडिट कार्ड सुरु गरेको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत लगायत बैंकका अन्य कर्मचारीहरू तथा संचारकर्मीहरूको उपस्थिति थियो ।

पोइन्ट अफ सेल मार्फत क्रेडिट कार्ड कारोबार गर्दा कारोबार सुरक्षित रहने, भिजा कार्ड स्वीकार्ने एटिएमबाट नगद झिक्न सकिने, भुक्तानी गर्दा न्यूनतम् नेपाली रूपैयाँ १ हजार अथवा जम्मा डेबिट रकमको १० प्रतिशत सम्म झिक्न सकिने, कार्डबाट बस्तु वा सेवा खरिद कारोबार गर्दा न्यूनतम् १५ देखि ४५ दिन सम्म ब्याज नलाग्ने जस्ता विशेषताहरू यस बैंकको क्रेडिट कार्डमा उपलब्ध छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *