थप १३ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ८०७ को परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ५३८ पुगेको छ ।

एन्टीजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ४० हजार १४७ रहेको छ । पछिल्लो समय थप ५७ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६५ हजार ८२२ पुगेको छ । यो दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ भने पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन । सङ्क्रमणबाट हुने मृत्यु दर १.२ प्रतिशत रहेको छ ।

त्यसैगरी पछिल्लो समय ५६ हजार ५२७ ले खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ७६५ रहेको छ । होमआइसोलेशनमा ७२६ रहेका छन् भने संस्थागत आइसोलेशनमा ३९ आइसियुमा १२ र भेन्टिलेटरमा दुई जनाले उपचार गराइरहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *