देशमा बाह्य शक्तिको चलखेल बढ्यो : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष तथा पूर्व परराष्ट्रमन्त्री कमल थापाले देशमा बाह्य शक्तिको चलखेल बढेर गएको बताएका छन् ।

पार्टीको केन्द्रिय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले बाह्य शक्तिको चलखेल बढेर गएको, अर्थतन्त्र धराशायी भएको, बेरोजगारी समस्या विकराल हुँदै गएको र भ्रष्टाचार डरलाग्दो रुपमा अनियन्त्रित ढंगले बढेको बताएका हुन् ।

बैठकमा सचिवालयसम्बन्धी प्रतिवेदन महामन्त्री भाष्कर भद्राले प्रस्तुत गरेकी थिइन् भने स्थानिय तह निर्वाचन तयारीबारे महामन्त्री सुशील श्रेष्ठ र स्थानीय तह निर्वाचनसम्बन्धी पार्टीको घोषणा पत्रका विषयमा प्रवक्ता सुरेश आचार्यले आफ्नो प्रस्तुति दिएका थिए । बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो जिल्लाको सांगठानिक अवस्था र चुनावी तयारीबारे जानकारी गराएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *