नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार-प्रसार समितिले गरेका निर्णय

काठमाडौँ । नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार(प्रसार समितिको बैठक हिजो मिति २०७८ चैत्र २२ गते समितिका संयोजक डा। प्रकाश शरण महतको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय बि।पी। स्मृति भवन, सानेपामा बस्यो । बैठकले निम्नानुसार निर्णय गरेको छ । १० नेपाली कांग्रेस सबै तह र भातृ तथा शुभेच्छुक संस्थाहरुलाई निर्देशन बैठकले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा देशभरका सबै स्थानीय तहमा नेपाली कांग्रेसका प्रतिनिधिहरुलाई अत्यधिक बहुमतले विजयी बनाउन पार्टीका सबै संरचनालाई प्रचार प्रसारमा संलग्न गराउन निम्न निर्देशन दिने निर्णय गरेको छ।
९क० ड्डपार्टीको संरचना अन्तरगत प्रदेश, जिल्ला प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, पालिका र वडा तथा टोल इकाई समितिमा अबिलम्ब स्थानीय निर्वाचन प्रचार प्रसार समिति गठन गर्ने ।

(ख) सम्पूर्ण भातृ तथा शुभेच्छुक संस्थाहरुले पनि आफ्ना केन्द्रदेखि तलसम्म सबै तहका संरचनामा वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउन प्रचार प्रसार समिति गठन गर्ने ।

(ग) प्रचार प्रसार समितिले केन्द्रीय प्रचार प्रसार समितिले प्रेषित गरेका सूचना र स्थानीय तहमा विकास गरिएका सूचना र प्रचार सामग्रीहरुलाई पार्टीका सबै संयन्त्र, सदस्य र शुभचिन्तकहरुमार्फत सबै मतदातासमक्ष पुयाउने व्यवस्था गर्ने । प्रचार प्रसारको कार्य विवादरहित र प्रभावकारी हुने ढंगले सञ्चालन गर्ने ।

प्रचार प्रसार समिति अन्तरगत विभिन्न समितिको गठन समेत गरिएको छ ।
समितिको बैठकले समितिलाई आवश्यक परामर्श दिन वरिष्ठ पत्रकारहरु सम्मिलित एक सल्लाहकार समूह गठन गर्नुका साथै निर्वाचनमा सञ्चार माध्यमसंग समन्वय गर्नका लागि विभिन्न उपसमिति गठन गर्न संयोजक समेत तोकेको छ ।
(क) प्रचार प्रसार सल्लाहकार समिति संयोजक हरिहर विरही रहेका छन ।
(ख) अनलाईन मिडिया समन्वय तथा प्रचारप्रसार समिति संयोजक विष्णु निष्ठुरी रहेका छन ।
(ग) छापा माध्यम समन्वय तथा प्रचारप्रसार समिति संयोजक किरण पोखरेल रहेका छन ।
(घ) टेलिभिजन समन्वय तथा प्रचार प्रसार समिति संयोजक अनिता बिन्दु रेडियो, एफएम समन्वय तथा प्रचार प्रसार समिति संयोजक गोपाल झा रहेका छन ।

साथै, केन्द्रीय युवा प्रचार प्रसार नेटवर्क केन्द्रीय प्रचार प्रसार अनुगमन समिति, प्रवास प्रचार प्रसार समिति र सांस्कृतिक समन्वय प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *