मनमैजु माध्यमिक विद्यालयमा बलराम सिटौला छात्रवृत्ति अक्षयकोष स्थापना

काठमाडौं । तारकेश्वर नगरपालिका वडा न ९ का वडाध्यक्ष बलराम सिटौलाले मनमैजु माध्यमिक विद्यालयलाई नगददुई लाख सहयोग गरेका छन् । उत्कृष्ट एवम् मिहिनेती विद्यार्थीहरुलाई छात्रवृत्ति प्रयोजनका लागि वडाध्यक्ष सिटौलाले छात्रवृत्ति अक्षयकोषको स्थापना गरेका हुन ।

वडाध्यक्ष सिटौलाले आफूले पाएको सेवा सुविधाबाट उक्त रकम छात्रवृत्ति प्रयोजनका लागि अक्षयकोषको स्थापनागर्न पाउदा खुशी लागेको बताएका छन् । उक्त अक्षयकोषको नाम-बलराम सिटौला छात्रवृत्ति अक्षयकोष’ राखिएको छ । मनमैजु माध्यमिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरुलाई लक्षित गरी उक्त कोषको स्थापना भएको हो । मिहिनेती विद्यार्थीहरुलाई उक्त कोषबाट छात्रवृत्ति प्रदान गरिने छ । वडाध्यक्ष सिटौला उक्त विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका छन् । वडाध्यक्ष सिटौलाले दुई लाख रुपैयाँ नगद विद्यालयकी प्रधानाध्यापक रविना महर्जनलाई हस्तान्तरण गरेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *