सुजुकीको ‘सुजुकी ह्याप्पी न्यु कार’ योजना

काठमाडौँ । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन ‘सीजी मोटोकर्प’ले नयाँ वर्षको अवसर पारेर आकर्षक ग्राहक योजना ‘सुजुकी ह्याप्पी न्यु कार’ योजना सार्वजनिक गरेको छ ।

कम्पनीको यस योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँसम्म बराबरको नगद छुट, एक लाख २५ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, एक वर्षको सवारी बिमा तथा स्क्य्राच कार्डमार्फत ७५ हजारसम्म अतिरिक्त छुट पाउने जनाइएको छ । यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सो रूमहरूमा लागू हुनेछ ।

सुजुकीका विभिन्न मोडेलहरूका कार अनुसार फरक–फरक हिसाबका छुटहरूको यस योजना सीमित अवधिका लागि जारी लागू हुने पनि कम्पनीले बताएको छ । सुजुकीले नेपालमा एस्प्रेसो, वागेन आर, सेलेरिओ, इग्निस्, स्विफ्ट्, बलेनो, डिजाएर, सिआज, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स, इको, इको कार्गो र सुपर क्यारीलगायत मोडेलका गाडी बिक्री वितरण गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *