नेपाल बैंकले विद्यार्थीहरूलाई डिजिटल बैकिङबारे सचेतना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सिफलस्थित ब्रिलियन्ट बहुमुखी क्याम्पसमा डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बैंक लिमिटेड चाबहिल शाखा र ब्रिलियन्ट कलेजको सहकार्यमा विधार्थीहरूलाई डिजिटल बैकिङ् सम्बन्धी जानकारी गराइएको थियो ।

स्नातक तह व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरू सहभागी भएको उक्त कार्यक्रममा डिजिटल वित्तीय साक्षरतासम्बन्धी जानकारी गराइएको थियो । उक्त कार्यक्रममा नेपाल बैंक मार्केटिङ्ग तथा रिर्सच डिभिजन प्रमुख अर्जुनबहादुर कँडेलले वित्तीय साक्षरता सम्बन्धि विभिन्न आयामहरूमा विद्यार्थीहरूलाई प्रशिक्षण दिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *