पार्टीको निर्देशन र नागरिकको आज्ञामा चुनाव लड्छु

काठमाडौँ । नेविसंघको राजनीतिबाट खारिएका उदीयमान नेता हुन् निशान ढुंगेल । भक्तपुरमा जन्मिएका उनी सूर्यविनायक नगरसमिति कांग्रेसका सभापति पनि हुन् । नेविसंघको राजनीतिबाट पार्टी राजनीतिमा उदाएका ढुंगेल व्यक्तिभन्दा पार्टी ठूलो भन्न रुचाउँछन् । नेविसंघको विभिन्न जिम्मेवारीमा रहेर राजनीति अनुभव बटुलेका ढुंगेलले भक्तपुर कांग्रेसको जिल्ला कार्यसमिति सचिवको भूमिका समेत निर्वाह गरिसकेका छन् । पार्टी राजनीतिसँगै समाजसेवामा दत्तचित्त ढुंगेल सेवा नै कर्तव्य र धर्म ठान्दछन् । स्थानीय निर्वाचनसँग केन्द्रित रहेर उनै ढुंगेलसँग कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :

यहाँको कांग्रेस राजनीतिमा संलग्नता कहिलेदेखि रह्यो ?
म नेविसंघबाट पार्टी राजनीतिमा प्रवेश गरेको हुँ । म २०४८ मा नेविसंघ भक्तपुरको जिल्ला सदस्य, २०४९ मा भक्तपुर बहुमुखि क्याम्पसको स्ववियु सचिव, २०५२ मा नेपाली कांग्रेस भक्तपुर २ को क्षेत्रीय कार्यसमिति सदस्य, २०५३ मा नेपाली कांग्रेस क्षेत्रीय सचिव, २०५४ मा क्षेत्रीय उपसभापति हुँदै नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमिति सदस्य, अनुशासन समितिको संयोजक, जिल्ला कार्यसमिति सचिवको जिम्मेवारीमा रहेर काम गरिसकेको छु । अहिले कांग्रेसको १४ महाधिवेशनमा सूर्यविनायक नगरसमितिको सभापति निर्वाचित भएर काम गरिरहेको छु ।

नजिकिँदै गरेको निर्वाचन कांग्रेसको पक्षमा ल्याउन नगरसमिति सभापतिको हैसियतले के/कस्तो रणनीति अपनाउँदै हुनुहुन्छ ?
नेपाली कांग्रेसले पार्टीको महाधिवेशन सकिएलगत्तै आवधिक निर्वाचनको तयारी थालिसकेको छ । कांग्रेस देशकै पुरानो, ठूलो र ऐतिहासिक पार्टी हो । अझ सांगठनिक हिसाबले सशक्त पार्टीको रुपमा स्थापित छ । गत तिनै तहको निर्वाचनमा प्राविधिक कारणले हाम्रा कहिंकतै कमीकमजोरी रहे होलान् । अहिले हामी निरन्तर रुपमा संगठनलाई विस्तार गर्दै पार्टीलाई नयाँ उचाइमा पु¥याउने हिसावले लागिपरेका छौं । स्थानीय तहको निर्वाचन सकिनासाथ हुने संघ र प्रदेशको चुनावको तयारी पनि गरिएको छ । त्यसकारण आगामी तिनै तहको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन लागिपरेका छांै ।

कांग्रेस चुनावी गठबन्धनको पक्षमा उभिएको देखियो, त्यो आवश्यकता हो कि परिजन्य वाध्यता हो ?
चुनावी गठबन्धनका बारे नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिबाटै संस्थागन निर्णय भइसकेको छ । त्यसैगरी जिल्लास्तरमा पनि केन्द्रीय गठनबन्धनमा रहेका साथीहरुसँग बसेर छलफल गरिररहेका छौं । अहिले मुख्य कुरा निर्वाचनमा कसले जित्ने र कसले हार्ने भन्नले मात्रै महत्व राख्दैन । यो निर्वाचनले लोकतान्त्रिक पद्धतिलाई, ठूलो त्याग, तपस्या र बलिदानीले प्राप्त गरेको संविधानलाई कार्यान्वयन, संस्थागत, व्यवस्थित र बलियो बनाउने कुरामा योगदान गरोस् भन्ने हाम्रो धारणा हो । हिजोका दिनमा जसले संविधानमाथि खेलबाढ ग¥यो । जसले संविधानलाई मिचेर असंवैधानिक कदम चाल्यो । त्यसैगरी जनताका हकअधिकार कुन्ठित पार्दै ठूलो त्यागबाट प्राप्त लोकतन्त्रलाई नै खतरामा पार्ने खेल खेल्यो । त्यस्ता तत्वहरुलाई परास्त गर्ने हाम्रो प्रयास हो । त्यसकाविरुद्ध जो लोकतन्त्रका पक्षधर छन्, संविधानका पक्षधर छन्, जसले यो संस्थालाई बलियो बनाउनुपर्छ भनेर मान्यता राख्छ त्यस्ता शक्तिहरुसँग स्वाभाविक रुपमा हाम्रो चुनावी गठबन्धन हुन्छ । जहाँसम्म सत्तारुढ गठनबन्धन निर्वाचनमा सँगै जाने कुरा छ । नेपाली कांग्रेस केन्द्रीय समितिले संस्थागत रुपमा निर्णय गरिसकेको छ । हामी पनि त्यहीं निर्णयलाई मानेर अगाडि बढ्छौं ।

त्यसोभए यो गठबन्धन व्यक्तिभन्दा व्यवस्था बलियो बनाउन आवश्यक छ हो ?
हो, नेपाली कांग्रेस यहीं व्यवस्था र संविधानका लागि लामो संघर्ष गर्दै आएको पार्टी हो । त्यसकारण यो व्यवस्था, संविधान र लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने काममा नेपाली कांग्रेस सधैं नेतृत्वदायी भूमिकामा रहन्छ । त्यसको लागि व्यक्ति प्रधानभन्दा व्यवस्था प्रधान भनेर हामी यो चुनावमा लागिपरेका छौं ।

भक्तपुृर कांग्रेस अघिल्लो निर्वाचनको तुलनामा बलियो भएको हो ?
गतका तिनै तहको निर्वाचनमा हाम्रो केही प्राविधिक कारणले, केही राष्ट्रिय राजनीतिका कारण थिए । फेरि त्यतिबेला तत्कालीन एमाले र माओवादी केन्द्र मिलेको अवस्था थियो । जनतापनि सधैंको अस्थिर राजनीतिबाट दिकदार भइसकेका थिए । त्यसकारण दुईवटा पार्टी मिलिसकेपछि बहुमत आउँछ र स्थिर सरकार बन्छ भन्ने सोचेर भोट दिए । तर, जनचाहना अनुसार त्यो गठबन्धनले काम गर्न सकेन । भक्तपुर जिल्लाको सन्दर्भमा भन्नुपर्दा अघिल्लो संघीय निर्वाचनमा उम्मेदवारी चयनमा पनि केही कमीकमजोरी रहेको छ । यो क्षेत्रको कुरा गर्दा नेपाली कांग्रेस सधैं बलियो हो । यहाँका नागरिकले कांग्रेसलाई सधैं आशा, विश्वास र भरोसाको पार्टी भनेर माया गर्नुभएको छ । त्यहीं उहाँहरुको विश्वास र भरोसामा आत्मासात गर्दै नेपाली कांग्रेस अगाडि बढेको छ । पहिलाको तुलनामा सांगठनिक कार्य पनि सशक्त रुपमा अगाडि बढेको छ । त्यसकारण गएको निर्वाचनलाई आधार मानेर भक्तपुर कांग्रेसलाई कम आँक्न मिल्दैन । यसकै आधारमा आगामी निर्वातनमा नेपाली कांग्रेसको पक्षमा मत आउँछ । त्यो आधार आममतदाताले कांग्रेसप्रति देखाएको आशा र विश्वास पनि हो ।

कांग्रेस गठबन्धनबिनै चुनाव जित्न सक्षम छ भने गठबन्धनको सहारा किन लिनुपर्याे ?
नेपाली कांग्रेसले आपूm बलियो हुँदा एउटा कुरा र कमजोरी हुँदा अर्कै कुरा गर्दैन । कांग्रेसले सधैं बहुलवादमा आधारित लोकतन्त्रमा विश्वास गर्दछ । यो गठबन्धन हामीसँग रहेका शक्तिहरुको मत संख्या कति छ, को बलियो हुनुहुन्छ, को कमजोर हुनुहुन्छ भन्ने विषयले होइन । विराटनगर जुटमिलको मजदूर आन्दोलनदेखिको कुरा गर्ने हो त्यति बेला नेपाली कांग्रेस गरेको नेतृत्व । राणा शासनदेखि पञ्चायतविरुद्धको भएको २०४६ सालको आन्दोलनमा नेपाली कांग्रेसले गरेको नेतृत्व उदाहरणहरु हुन् । २०४६ सालको आन्दोलन कांग्रेस एक्लैले पनि गर्न सक्थ्यो हो । तर, किन कम्युनिस्टहरुलाई पनि साथमा लिएर अगाढि बढ्यो भन्दा प्रजातन्त्रमा सबै विचारको प्रतिनिधित्व हुनुपर्छ । उनीहरुको अस्तित्वलाई पनि स्वीकार गर्नुपर्छ भनेर त्यसरी अगाडि बढेको हो । त्यसकारण नेपाली कांग्रेस अरु राजनीतिक पार्टीहरुलाई पनि बलियो बनाउँदै अगाडि बढ्ने पार्टी हो । अर्को भक्तपुर कांग्रेस किन बलियो भइसकेको छ भन्दा गएको उपनिर्वाचनमा दुई तिहाइ हाराहारी बहुमतको सरकारका सबैकिसिमको संयन्त्र प्रयोग हुँदा पनि कांग्रेसले सानदार विजय हासिल ग¥यो । त्यसकारण पनि भक्तपुर कांग्रेस कमजोर छैन । हो, प्राविधिक कारणले कहींलेकाहीं नतिजा आफ्नो पक्षमा नआउन सक्छ । निर्वाचन जित्न धेरै प्राविधिक कुराहरु मिल्नुपर्छ । त्यस्तै कारणबाट चुनाव जितेका साथीहरुमा ‘म नै हिरो हुँ’ भन्ने देखिएको छ । त्यो उहाँहरुको दिवा स्वप्ना शिवाय केही होइन ।

कांग्रेस आन्तरिक कारणले धेरै ठाउँमा पछि परेको छ त्यसलाई कसरी रोक्नुहुन्छ ?
साबैं साथीहरुले आ–आफ्ना ठाउँबाट पार्टीका आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थापन गर्दै अगाडि बढेको अवस्था छ । यहीं इमान्दारीता र निष्ठाकासाथ लागिपरियो भने बागमती प्रदेश मात्रै होइन, देशैभर कांग्रेसको विजय सुनिश्चित छ । यहाँले भनेजस्तै हामीले अघिल्लो निर्वाचनमा थोरै–थोरै मतान्तरले धेरै सिट गुमाएका छौं । त्यसबेला मैले पहिला पनि भनेको छु, तत्कालीन एमाले र माओवादी केन्द्रबीच एउटै पार्टी बन्नेसम्मको उत्साह बोकेर चुनावमा होमिएको थियो । त्यो आकर्षण र अस्थिर सरकारबाट दिक्क भएका जनताले उहाँहरुलाई भोट हाल्नुभयो । कम्युनिस्ट पार्टीलाई भोट दिएर देशमा शान्ति, स्थिरता र समृद्धि नआउने रहेछ भनेर जनता कांग्रेसतिर मोडिइसकेका छन् । त्यसबेला कम्युनिस्टहरुले भनेको घर–घरमा ग्याँसका पाइप, चुच्चे रेल, पानीजहाज र कामै नगरिकन खान पाउने दिन केही पनि आएनन् । सबैंले निःशुल्क स्वास्थ्य उपचार पनि पाउनुभएन । बरु उल्टै नेपाली कांग्रेसका नेता गगन थापा स्वास्थ्य मन्त्री भएको बेला लागु गरेको स्वास्थ्य बीमा कार्यक्रमसमेत तत्कालीन कम्युनिस्ट सरकारले कतिपय अस्पतालमा बन्द गरेको अवस्था थियो । अघिल्लो पटकको निर्वाचनमा आमजनताहरु जसरी कम्युनिस्टहरुको परेर मत दिनुभयो । त्यो मतलाई बुझ्न नसकेर उहाँहरुमा दम्भ बढ्यो । त्यसका कारण आज आमजनता निराश छन् । यसले सरकार परिवर्तनसँग मात्रै महत्व राख्दैन । यसरी आमजनता नेता, कार्यकर्ता र राजनीतिप्रति निराश भए भने देश अगाडि बढ्न सक्दैन । जनतालाई राजनीतिप्रति भरोसा दिलाउन नेपाली कांग्रेसले आह्वान गर्दछ । त्यसमा आमजनताले साथ दिनुहुन्छ भन्नेमा म ढुक्क छु ।

निर्वाचन आफ्नो पक्षमा ल्याउन उम्मेदवार चयनमा पनि भरपर्छ, त्यो कला कांग्रेसमा देखिँदैन कसरी मिलाउनुहुन्छ ?
नेपाली कांग्रेसभित्र जुन–जुन पद र ठाउँमा टिकटका आकांक्षी साथीहरु हुनुहुन्छ, तत्–तत् पद र ठाउँमाउहाँहरु सक्षम, सवल र सशक्त हुनुहुन्छ । एउटै पदमा धेरै आकांक्षी हुनुहुन्छ । त्यसमा पार्टीले एकजनालाई टिकट दिने हो । त्यसमा टिकट पाउने र नपाउने दुवैथरीले ‘म ठूलो हाइन, पार्टी ठूलो हो, पार्टीकै कारण म यहाँसम्म आइपुगेको हुँ,’ भन्ने सोच्नुपर्छ । त्यसमा यसपाला साथीहरुले पाउनुभयो मैले अर्कोपटक पाउँछु भनेर पार्टीका आमकार्यकर्ता साथीहरुले बुझ्नुपर्छ । आन्तरिक प्रतिस्पर्धाको तुषलाई लिएर आवधिक निर्वाचनमा अन्तर्घात हुने गरेका उदाहरणहरु छन् । त्यो सन्त नेता कृष्णप्रसाद भट्टराईको पालामा पनि नदेखिइएको होइन । तर, यो पटक खासगरी सूर्यविनायक नगरपालिकाका कांग्रेस नेता, कार्यकर्ता आन्तरिक प्रतिस्पर्धाको कुरालाई बिर्सेर एकढिक्का भएर चुनावी तयारीमा जुटेका छन् । यस यहाँका प्रतिनिधिहरुले आफ्नो पार्टीनिकट कार्यकर्ता बाहेकका आमजनताको पक्षमा पटक्कै काम गरेनन् । त्यसबाट आजित भएका सर्वसाधारण नागरिकहरु नेपाली कांग्रेसलाई जिताउने पक्षमा उभिएका छन् । त्यसकारण पनि यो निर्वाचनमा पहिलाको जस्तो अन्तर्घात हुनेवाला छैन ।

आगामी निर्वाचनमा तपाईं पनि उठ्नुहुन्छ होला नि के दावी गर्दै हुनुहुन्छ ?
पार्टीमा काम गर्ने कार्यकर्ताहरुले आवधिक निर्वाचनहरुमा कुनै पदमा उठ्ने इच्छा राख्नु स्वाभाविक कुरा हो । त्यसैले मेरोपनि केही पदमा उम्मेदवार बन्ने इच्छा रहन सक्छ । अरु साथीहरुको इच्छा हुनसक्छ । त्यसमा साथीहरुबीच सरसल्लाह गरिरहेका छौं । पार्टीले जसलाई आधिकारिक टिकट दिएर पठाउँछ । उसलाई जिताउन मरिमेटेर लागिपर्छौं । मैले टिकट पाए अरु साथीहरु लाग्नुहुन्छ । मैले दावी गरेको टिकट पार्टी साथीहरुलाई दिएछ भने पनि उहाँलाई जिताउन म लागिपर्छु ।

दावी गरेको सिटमा अर्कैले टिकट ल्याएपनि तपाईंबाट पूर्ण सहयोग हुन्छ हो ?
म व्यक्तिभन्दा पार्टी ठूलो ठान्ने व्यक्ति हुँ । आज म जुन ठाउँमा छु, त्यहाँ पु¥याउने पार्टी नै हो । फेरि पार्टीको जिम्मेवार ठाउँमा बसेको इमान्दार नेताले पार्टीलाई धोक दिन मिल्दैन । मैले पार्टीप्रति देखाएको इमान्दारितालाई हेरेर सूर्यविनागरमा मलाई साथीहरुले जिम्मेवारी दिनुभएको छ । हुँदैगरेको तिनै तहको निर्वाचनमा सूर्यविनायक नगरपालिकामा कांग्रेस जिताउन साथीहरुले मलाई जिम्मेवार ठाउँमा पु¥याउनु भएको छ । म कुनै जिम्मेवारीमा नहुँदा पनि पार्टीको इमानन्दार कार्यकर्ताको हैसियतले लाग्नुपथ्र्यो । आज जुन जिम्मेवारीमा छु, त्यसकारण पनि पार्टी र पार्टीका उम्मेदवारलाई जिताउन तिनै तहको निर्वाचनमा जस्तोसुकै कुर्वानी गर्न तयार छु ।

तपाईंको उम्मेदवारी कुन पदमा रहन सक्छ त ?
मैले अगाडि पनि भनेको राजनीति गर्ने व्यक्तिले कुनै पदमा चुनाव लड्न इच्छा राख्नु स्वाभाविक कुरा हो । म सूर्यविनायक नगरसमितिको सभापति भएको नाताले मलाई यहीं पद नभइ हुँदैन भन्ने छैन । यहाँका नेता, कार्यकर्ता, साथीहरुले मलाई जुन पद उपयुक्त ठानेर टिकट दिनुहुन्छ । त्यसमा लड्न तयार छु, तर मलाई यो पद नभइहुँदैन भनेर दाम्लो चुडालेर हिड्ने वाला छैन । किन पार्टीमा धेरै अग्रज नेता, कार्यकर्ता, साथीभाइ हुनुहुन्छ । चुनावमा उहाँहरुकै साथ, सहयोग चाहिन्छ । पार्टीको निर्देशन र साथीभाइको आज्ञामा चुनाव लड्न तयार छु । साथीभाइ र पार्टीको निर्देशनलाई पालना गरेर अगाडि बढ्छु ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *