आज शुक्रवार अपरान्हसम्मा पुरै नतिजा आईसक्ने, सत्तारूढ दल निकट नेपाल बारको अध्यक्षमा गोपालकृष्ण घिमिरेको पुरै प्यानल अगाडि

काठमाडौ । चैत्र १९ गते सम्पन्न नेपाल बारको २६ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा सत्तारूढ दल निकट बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूह धेरै मतका साथ पुरै प्यानल नै अगाडि छ ।
३१ केन्द्रको ६००९ मत गणना गर्दा घिमिरेका पक्षमा ३७२८ मत पाएका छन भने एमाले निकट प्रतिस्पर्धी प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहकाका अध्यक्षका उम्मेदवार विष्णुमणि अधिकारीले १९१६ मत प्राप्तका साथ पुरै प्यानल नै पछाडि परेको छ । हालसम्म ३१ केन्द्रको मतगणना सम्पन्न भैइसकेको छ । आज शुक्रबार अपराह्नसम्म पुरै नतिजा आइसक्ने र अब काठमाडौ केन्द्रको करिब १३०० मत गन्न बाकी रहेको छ ।
निकै प्रतिस्पर्धा हुन्छ कि भनेर आंकलन गरिएको नेपाल बारको निर्वाचनमा सत्तारूढ दल निकट समूह विजय उन्मुखको अवस्थामा अगाडि आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *