जिल्लाका सबै नगरमा आँखा उपचारको पहुँच

काठमाडौँ । जिल्लाका सबै शहरी क्षेत्रमा आँखा उपचारको पहुँच पुर्याइएको छ । जिल्लाका चारवटै नगरपालिकाको केन्द्रमा आँखा उपचार केन्द्र स्थापना भएसँगै साना शहरी क्षेत्रमा आँखा उपचारको व्यवस्था भएको हो । सदरमुकाममा धौलागिरि आँखा अस्पताल र बाँकी तीन नगरपालिकाको आँखा उपचार केन्द्रमार्फत सेवा प्रवाह भइरहेको नेपाल नेत्रज्योति सङ्घका जिल्लाअध्यक्ष भरत पुरीले बताए ।

गलकोटको हटिया बजार र ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा यसअघि नै आँखा उपचार केन्द्र स्थापना भइसकेकामा जैमिनीमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो । सङ्घले पोखरास्थित हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोग र जैमिनीको व्यवस्थापनमा स्थापना गरिएको उक्त केन्द्र नगरप्रमुख इन्द्रराज पौडेलले बिहीबार उद्घाटन गरेका छन् । तत्कालका लागि आँखाको जाँच तथा उपचारका लागि आवश्यक रु १४ लाख मूल्य बराबरका उपकरण हिमालयन आँखा अस्पतालले सहयोग गरेको छ । सङ्घका केन्द्रीय सचिव हरिप्रसाद शर्माले जिल्लाका सबै स्थानीय तहमा आँखा उपचार केन्द्र स्थापना गर्ने लक्ष्य रहेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *