विश्व शान्तिका लागि रुसलाई युद्ध रोक्न आह्वान गर्दै लुम्बिनीमा दिप प्रज्वलन

विश्व शान्तिका लागि रुसलाई तत्काल युद्ध रोक्न आह्वान गर्दै २०७८ चैत २४ गते साँझ लुम्बिनीमा दिप प्रज्वलन गरिएको छ । मानव अधिकार तथा शान्ति समाजको आयोजनामा सम्पन्न दिप प्रज्वलनमा युद्धलाई निषेध र शान्ति प्रवद्र्धन गर्न सबैलाई आग्रह गर्नुका साथै हिमालय बचाउँन र नदी जोगाउन समेत आह्वान गरिएको थियो । यसैगरी चैत २१ गते पाल्पाको तानसेनमा पनि विश्व शान्तिका लागि रुसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै दिप प्रज्वलन गरिएको थियो ।
यसगरिब २० जिल्लामा हिमालय बचाउँ आन्दोलन अन्तर्गत कार्यक्रम भएको छन । २०७८ चैत १७ गते गोरखाबाट शुरु भएको शान्ति समाजको हिमालय बचाउँ नदी जोगाउँ, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार, विशेष र लागू औषध-मदिरा दुव्र्यसन विरुद्धको अभियानको पहिलो चरण चैत २४ गते लुम्बिनीमा दिप प्रज्वलनसहित समापन भएको छ । यस अभियान अन्तर्गत गण्डकी प्रदेशको माथिल्लो मुस्ताङ लोमानथाङ्गसहित लुम्बिनी, वाग्मती र कर्णाली प्रदेशका रुकुम पश्चिम, सल्यानसमेत गरि २० जिल्लाका २२ स्थानमा दर्जनौ सभा सम्पन्न भएको थियो । अभियानको विभिन्न चरणमा शान्ति समाजका संस्थापक सभापति, सभापति, सल्लाहकारहरु र केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको सहभागिता थियो ।
अभियानका दौरान जलवायु परिवर्तन र विश्वव्यापी उष्णताका कारण हिमालय क्षेत्रमा अनपेक्षित रुपमा तापक्रममा वृद्धि भई हिमाल नाङ्गीन थालेको र नदीको अत्यधिक दोहनका कारण थप खतरा उत्पन्न भएको हुँदा करोडौ जीवनको स्रोत हिमालय बचाउँन र नदी जोगाउँन ठोस इच्छाशक्ति नीति र योजना स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै आवश्यक भएकोतर्फ ध्यानाकर्षण गराइएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *