नेपाल श्रीलंका जस्तो आर्थिक संकटमा फस्दैन : महासंघ बरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भए पनि श्रीलंकाको अवस्थामा पुग्ने अवस्था नभएको बताएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेसनमा बोल्दै उपाध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा भए पनि श्रीलंकाको अवस्था भने नपुग्ने बताए ।

हामीले स्वदेशमा उत्पादित बस्तुहरुको जबसम्म उपभोग गर्दैनौ तबसम्म रोजगारी सृजना र आर्थिक समृद्धि हुन नसक्ने बताए । ‘जबसम्म हामीले स्वदेशी उत्पादनलाई प्राथमिकता दिदैनौँ र स्वदेशी उत्पादनबाट नै रोजगारी सृजना गर्ने , राजश्व संकलन गर्ने मुलुकमा पूर्वाधारहरुको विकास गर्ने र स्वदेशमा उत्पादन भएका वस्तुलाई धेरै भन्दा धेरै उपयोग गर्न सकिदैन । त्यति बेलासम्म वास्तविक रुपमा आर्थिक सर्मद्धि हुँदैन,’ढकालले भने । ‘मुलुकको विदेशी मुद्रा सञ्चिति घट्दै गएकाले सरकारले विलासिताका वस्तु आयातमा रोक लगाएको छ । विदेशी मुद्रा सञ्चिति करिव ७ महिनालाई धान्ने अवस्थामा रहेकाले अर्थतन्त्रको विषयमा प्यानिक हुने अवस्था छैनौं भन्ने लाग्छ । तर हामीले यसो भन्दै गर्दा स्वदेशी उत्पादनलाई र अर्थतन्त्रलाई चलायमान बनाउने गरी नीजि क्षेत्रले काम गर्न सक्यो भने अहिलेका चुनौती पूर्ण अर्थतन्त्रको सामना गर्न सक्छौं । श्रीलंकाको जस्तो अवस्था जस्तो हुन्छ भन्ने लाग्दैन ।

अर्थतन्त्र सुधार गर्न खालका काम गर्न नीजी क्षेत्रलाई आग्रह गर्दछु । उनले भने । उपाध्यक्ष ढकालले अहिलेको अर्थतन्त्रको मुख्य समस्या तरलता अभाव भएको बताए । तरलता अभावको कारण बैंकहरुले तरलता सहज बनाउनको लागि निक्षेपको ब्याजदर बढाए पनि निक्षेप बढ्न नसकेको दाबी गरे । उपाध्यक्ष ढकालले बैंकहरुले निक्षेपको ब्याजदर बढाउँदैमा निक्षेप बढ्दैन भन्ने पछिल्लो उदाहरण भएको बताए । बैंकहरुमा जबसम्म व्यवसायले थाम्न सक्ने ब्याजदर हुँदैन तबसम्म व्यवसायीक गतिविधिहरु अगाडि बढ्न नसक्ने दाबी गरे । ‘अहिले बजारमा तरलताको समस्या रहेको छ । त्यसले गर्दा बैंकहरुले ब्याजदर बढाएका थिए । तर यसबाट के देखिएको छ भने निक्षेपको ब्याजदर बढ्दैमा निक्षेप बढ्न सक्दैन भन्ने कुरा देखाएको छ । जबसम्म व्यवसाय गर्नको लागि व्यवसायले थाम्न सक्ने ब्याजदर हुन सक्दैन । यस्तो अवस्थामा व्यवसायीक गतिविधिहरु अगाडि बढ्न सक्दैन ।

त्यस्तै पूर्व उद्योग तथा वाणिज्य आपूर्ति राज्यमन्त्री मोती दुगडले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भएको अवस्थामा पनि सरकार गम्भिर नभएको बताए । अहिलेको गठबन्धन सरकारले नीजि क्षेत्रसँग कुनै छलफल समेत गर्न नसकेको आरोप लगाउनु भयो । सरकारले पछिल्लो समय उद्योगी ब्यवसायीहरुको मनोवल खस्काउने काम गरेको दुगडले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *