पाँच दलीय गठबन्धनलाई अझै प्रगाढ बनाउनु पर्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धनलाई अझै प्रगाढ बनाइने बताएका छन् । उनले स्थानीय तहमा गठबन्धन गरिने उल्लेख गरेका छन् ।

बाराको कलैयामा समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले गठबन्धनको सरकार नागरिकलाई अमन चयन दिलाउने दिशामा अग्रसर भई शान्ति र सुव्यवस्था कायम गर्दै अगाडि बढिरहेको प्रष्ट पारे । निर्धारित समयमा निर्वाचन हुनेमा आफू आशावादी रहेको उनको भनाइ थियो ।

नागरिता विधेयक सदनमा कानुनको अभावमा अड्किरहेको अध्यक्ष नेपालले बताए । राष्ट्रिय सहमति जुटाएर नागरिकता ऐन पारित गर्ने दिशामा प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श भइरहेको उल्लेख गर्दै उनले चाँडै नै सो विधेयक पारित हुने धारणा राखेका छन् । कार्यक्रममा समाजवादी पार्टीका नेता नगेन्द्र चौधरी, दिनेश राई, सुन्दर विश्वकर्मालगायत सहभागी थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *