युक्रेनको रेल स्टेसनमा रकेट आक्रमण हुँदा २० को मृत्यु

काठमाडौँ । युक्रेनको रेल स्टेसनमा रकेट आक्रमण कम्तीमा २० को मृत्यु भएका छ । युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेसनमा शुक्रबार रकेट आक्रमण भएको छ । आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन् ।

देशको पूर्वी क्षेत्रमा पर्ने क्रमातोस्का घटना भएको समाचारमा जनाइएको छ । “क्रमातोस्क रेल स्टेसनमा दुई रकेट आक्रमण भएको छ, धेरै मानिस घाइते भएका छन्, घटनाका बारेमा थप विवरण हामी संकलन गर्दै छौँ,” रेल कम्पनीका प्रमुख अलेक्जेन्डर कामीशिनले सामाजिक सञ्जालहरूमा लेख्नु भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *