सगरमाथा आरोहण गर्न २०४ जनाले पाए अनुमति

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न यस वर्ष २०४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस वर्ष ८ हजार ८४८.८६ मिटर अग्लो सगरमाथा आरोहण गर्नको लागि २३ वटा समूहले अनुमति लिएका थिए । ती समूहमा १५८ जना पुरुष र ४६ जना महिला गरी कूल २०४ जना आरोही रहेका छन् ।

सगरमाथा आरोहण गर्नेलाई यसवर्ष अनुमति दिंदा २१ लाख ३४ हजार रुपैयाँ ९२५ करोड ८४ लाख ३९ हजार ३५० रुपैयाँ० राजस्व संकलन भएको विभागले जनाएको छ ।

यस वर्ष ६१ समूहमा ५०५ जनाले नेपालको १८ वटा हिमाल आरोहणको लागि अनुमति लिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *