प्रधानमन्त्री अविश्वासको प्रस्तावका लागि हुने भनिएको मतदान फेरि स्थगित हुँदा पाकिस्तानका विधायकबीच झडप

काठमाडौ । पाकिस्तानका विधायकहरूले शनिबार राष्ट्रिय सभामा आक्रोशित भएर झडप गरेका छन् ।
विपक्षीहरुले सत्तारुढ दलका सदस्यहरूले अविश्वासको मत भन्दा अगाडि समय खेर फालेको आरोप लगाएका छन् । उनीहरूले मतदान प्रधानमन्त्री इमरान खानको पक्षमा नआउने देखेपछि सरकारले आफ्नो पार्टीबाट नियुक्त अधिकारीलाई गलत मनसायका लागि प्रयोग गरी मतदानलाई लम्ब्याएको आरोप विपक्षी नेताले लगाएका छन् ।
विदेशमन्त्री कुरेसीले आफ्नो दलको तर्फबाट निर्वाचित प्रधानमन्त्रीको पक्षमा आफू लाग्नु राजनीतिक जिम्मेवारी भएको बताउनुभएको छ ।
शनिबार अपरान्ह दोस्रो पटक मतदान कार्यक्रम स्थगन गरिएको हो । रमजान व्रत तोडेपछि विधायकहरूलाई साँझमा फर्कन भनिएको छ ।
झडपका समय संसदमा उपस्थित नभएका खानले ३४२ सिटको विधानसभामा गठबन्धन साझेदार र आफ्नै पार्टीका सदस्यहरूको कार्यक्षमता तथा गलत कामका कारण आफ्नो बहुमत गुमाएका छन् । उनलाई बर्खास्त गर्न विपक्षीलाई जम्मा १७२ मत मात्र आवश्यक छ ।
एजेण्डामा नयाँ प्रधानमन्त्रीको लागि कुनै मत छैन । यद्यपि पाकिस्तान मुस्लिम लिग–एन (पीएमएल–एन) का नेता शेहबाज शरीफलाई नयाँ प्रधानमन्त्रीको उम्मेदवारका रूपमा चर्चा गरिएको छ ।
बढ्दो मुद्रास्फीति, डलरसँग कमजोर बनेको पाकिस्तानी मुद्रा र कर्जा व्यवस्थापनका कारण जसले आफ्नो जिम्मेवारी सम्हाल्छ उसलाई खानलाई जस्तै सङ्कटले पिरोल्ने अनुमान गरिएको छ ।

l

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *