हात्तीको आक्रमणबाट इलाममा एक जनाको मृत्यु

काठमाडौ चैत्र २६ । इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । बिहान मर्निङ वाकमा निस्कनुभएका उहाँलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो । बिहानै हात्तीले आक्रमण गरेपछि उपचारका लागि उहाँलाई झापाको दमकस्थित एड्भान्स अस्पताल भर्ना गरिएको थियो । उहाँको उपचारकै क्रममा अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जङ्गाबहादुर थापाले बताउनुभयो । घरबाट करिब दुई सय मिटर टाढा उहाँलाई हात्तीले आक्रमण गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.