बाढीमा परी कोलम्बियामा तेह्र जनाको मृत्यु

काठमाडौ २६ चैत । कोलम्बियामा बाढीमा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । बाढीमा परेर कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा १३ जनाको ज्यान गएको र अरु केही हराइरहेका बताइएको छ ।त्यहाँ केही दिनदेखि अविरल वर्षा जारी छ । वर्षाका कारण बाढी आएको र शुक्रबारसम्ममा १३ जनाको ज्यान गएको यहाँको प्रकोप नियन्त्रण विभागले जनाएको छ । यहाँ अकस्मात भारी वर्षा सुरु भएको थियो । यहाँका विभिन्न स्थानमा वर्षा जारी रहेको छ । वर्षाका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ । वर्षा अहिले नै रोकिने अवस्था नदेखिएको भन्दै यहाँको मौसम विभागले नागरिकहरुलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ । बाढीका कारण यहाँका कतिपय सडकहरुमा पहिरो गएकाले यातायात पनि अवरुद्ध भएको पाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *