जी-बबले गाए फिल्मी गीत ‘भाग भाग अब धेरै न दे धाक’

काठमाडौं । जी-बब नामले चिनिने र्‍यापर सुदीप भण्डारीले अफिसियल गाएका छन् । आउँदो १ वैशाखबाट प्रदर्शनमा आउने फिल्म ‘ए मेरो हजुर ४’ मा जी–बबले पहिलो अफिसियल र्‍याप ‘भाग भाग अब धेरै न दे धाक’ सुन्न र हेर्न सकिन्छ ।गीतमा गायनसँगै जी-बब फिचर्ड समेत छन् । गीतको शब्द, संगीत तथा स्वर जी–बबकै रहेको छ भने हुकलाइन हाकिम भनिने सुरेन्द्र गुरुङबाट लिइएको हो । ‘मिलेन लेभल तेरो बाऊ बोला’ पपुलर भएपछि जी(बबले गायनमा डेब्यु गरेका हुन् ।

गीतको भिडियोलाई सञ्जय लामाले छायांकन गरेका हुन् भने यसमा रामजी लामिछानेको कोरियोग्राफी छ । गीतलाई साहिल खानले सम्पादन गरेका हुन् ।गीत सार्वजनिक भएको छोटो समयमै युट्युबको ट्रेन्डिङमा परेको छ । निर्माण पक्षले गीतको छोटो भर्जनलाई मात्र सार्वजनिक गरेको छ । पहिलो गायनमै जी(बबको स्वरलाई स्रोताले रुचाएका छन् । झरना थापा निर्देशित फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रेअर राई, रवि गिरीलगायतको अभिनय छ ।

फिल्ममा सञ्जय लामाको छायांकन, हिमाल केसीको द्वन्द्व, रामजी लामिछाने, कविराज गहतराजको कोरियोग्राफी छ । फिल्ममा झरना थापा र स्वर्गीय छेतेन गुरुङको कथा, झरना थापा, छेतेन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद छ । फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *