तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा बृद्धाको मृत्यु

काठमाडौं । तनँहुको व्यास नगरपालिका–१ मा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार एक बृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनँहुको ऋषिङ गाउँपालिका–४ भिरकोटकी ७५ बर्षीया पार्वती रानाभाट रहेकी छिन् । हाईस्कुलटारबाट दमौली तर्फ आउँदै गरेको ग १४ प ६५७ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टीदा पछाडी सवार उनी घाइते भएकी थिइन् ।

उपचारको लागि जिल्ला अस्पताल दममौलीमा पु¥याउनसाथ उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *