अर्को लकडाउन नहोला भन्न सकिन्न : बेलायती प्रधानमन्त्री जोनसन

काठमाडौँ । लन्डन–बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नयाँ कोभिड भेरियन्ट र उप–भ्यरियन्टहरू देखा परे अर्को लकडाउनको संकेत गरेका छन् । जोनसनले अर्को कडा लकडाउनको सम्भावना भने अस्वीकार गरे । तर बच्चाहरूलाई नयाँ भेरियन्ट अफ कन्र्सन देखा परेमा आफू कुनै पनि कदम चाल्न तयार रहेको उनले बताए ।

शुक्रबार एक अन्तर्वार्तामा उनले भने, ‘म यस्तो कुनै पनि घटना फेरि नहोस् भनेर जोगिन चाहन्छु । म कुनै कुरालाई इन्कार गर्न सक्दिन । म केही नहोला भन्न सक्दिन । ’ बेलायतका केही भागहरूमा संक्रमणको संख्यामा ठूलो गिरावट आएको छ । तर नयाँ भेरियन्टका कारण संक्रमण फैलन सक्ने त्रास बढेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *