दधिकोट बासीको एतिहासिक धरोहर अन्त पारिन लाग्यो

भक्तपुर । सूर्यविनायक नगरपालिका अन्तर्गत वडा नं.१ स्थित पकान्दोलबाट चखुंन्ती (चर्खन्दी) जाने बाटोमा रहेको एतिहासिक चौर जुन मचागले (मरेको बच्चा गाड्ने ठाउँ) पनि स्थानिय स्तरमा चिनिदै आएको छ । जन श्रृति अनुसार ११९ बर्ष पहिले देखि चलि आएको बिस्का जात्राको प्रमुख रुटका साथै जात्रा नचाउने स्थानको रुपमा यो चौरले आफनो पहिचान कायम गरेको उपस्थित स्थानिय जनताहरु भनेका छन् । लामो इतिहास बोकेको यो भक्तपुर, दधिकोटको सांस्कृतिक एतिहासिक पहिचान बोकेको सार्वजनिक चौर जहाँ प्रत्येक वर्ष नयाँ बर्षमा मेला समेत लाग्दै आएको छ ।

यो चौर बिस्का जात्राको महत्व पूर्ण रुटको रुपमा पनि रहदै आएको छ । हालसालै यस चौरमा स्थानिय जनतासँग कुनै समन्वय नगरी दधिकोट खानेपानीले प्रशासनको बल देखाउँदै आफ्नो भवनको जग हालेएको छ । संस्कृतिक धरोहर विनास गरेकोले स्थानीय पकान्दोलबासी असन्तुष्ट रहदै आएका छन् । जात्रा रुट समेत पर्ने चौरमा बिना पर्याप्त छलफल बिना नै सांस्कृतिक सम्पदालाई नष्ट गरी अतिक्रमण भएकोले स्थानिय जनसमुदाय दधिकोट खानेपानीसँग असन्तुष्ट भएका छन् ।

नेपाल सरकारको नियम अनुसार पनि सांस्कृतिक पहिचान बोकेको स्थान अतिक्रमण गर्न नमिल्ने हो सो सम्बन्धमा सम्पूर्ण स्थानिय, बुद्धिजीवी र गुथियार (मानन्धर र श्रेष्ठ)हरु बाट पनि पटक पटक प्रशासन र दधिकोट खानेपानीलाई अनुरोध गर्दा अटेर गरी मिचाहा प्रबृत्ति देखाउँदै आएको स्थानियहरु बताउँछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *