राष्ट्रपति चुनावको पहिलो चरणमा म्याक्रोन २७ प्रतिशतभन्दा बढी मतसहित अग्रपङ्क्तिमा

काठमाडौ । फ्रान्सका वर्तमान राष्ट्रपति इमानुएल म्याक्रोनले राष्ट्रपतीय निर्वाचनको पहिलो चरणमा ९५ प्रतिशतभन्दा बढी मतपत्र गणना हुँदासम्म आफ्नो अग्रता कायम राखेको आन्तरिक मन्त्रालयले प्रकाशित गरेको अन्तरिम नतिजामा उल्लेख गरिएको छ । म्याक्रोनसँग हाल २७.४१ प्रतिशत मत छ भने अति दक्षिणपन्थी राष्ट्रपति पदका उम्मेदवार मारिन ले पेन २४.०३ प्रतिशतका साथ दोस्रो स्थानमा छन् । त्यसैगरी २१.५७ प्रतिशतका साथ जेन–लुक मेलेनचोन तेस्रो र ६.९७ प्रतिशतका साथ चौथो स्थानमा एरिक जेम्मोर छन् । फ्रान्समा अप्रिल २४ मा राष्ट्रपतिको दोस्रो चरणको निर्वाचन हुँदैछ । “म समाजवादीे एनी हिडाल्गो, कन्जरभेटिभ भ्यालेरी पेक्रेसे, र कम्युनिस्ट फाबियन र उसेललाई आज राती उनीहरूको समर्थनको लागि धन्यवाद दिन्छु,“ उहाँले मतदानपछिको भाषणमा भन्न् भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *