तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरु

काठमाडौँ । तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौँमा सुरु भएको छ । सम्मेलनमा लघुवित्त कार्यक्रम सञ्चालन गरेका २०० संस्थाबाट ६०० सदस्य तथा संस्था प्रतिनिधिको सहभागिता रहेको आयोजक स्वाबलम्वन विकास केन्द्रले जनाएको छ ।

केन्द्रका अध्यक्ष शङ्करमान श्रेष्ठले सम्मेलनमा ७७ जिल्लामा लघुवित्त सेवा प्रदान गरिरहेका ७९ वटा लघुवित्त वित्तीय संस्था र १५० वटा सहकारी संस्थाको सहभागिता रहेको बताउनुभयो । उहाँका अनुसार लघुवित्त वित्तीय संस्थाको मात्र ४३० अर्ब रुपौयँभन्दा बढी कर्जा लगानीमा भएको र जसमध्ये ३७१ अर्ब रुपैयाँ खुद्रा र ६९ अर्ब थोक कर्जा प्रदायक लघुवित्त संस्थाले लगानी गरेका छन् । वि.सं २०७५ सम्म २७ लाख मानिसले लघुवित्त सेवा प्राप्त गरेको केन्द्रको दाबी छ । तीन वर्षको अवधिमा लघुवित्त सेवा प्राप्त गर्नेको सङ्ख्या शतप्रतिशत भन्दा धेरै बढेको जनाइएको छ । करिब ५४ लाख ५० हजार महिला तथा एक लाख ५० हजार पुरुषहरुले यो सेवा प्राप्त गरेका छन् ।

मुलुकभर चार हजार ९६५ शाखामार्फत २३ हजार २८१ लघुवित्तकर्मी लघुवित्त सेवामा संलग्न रहेको दाबी संस्थाको रहेको छ । ‘घर घरमा उद्यम फैलाऊँ, गरिबीलाई शून्य बनाऊँ’ भन्ने मूल नारासहित तेस्रो सम्मेलनको आयोजना गरिएको लागेको श्रेष्ठले बताए ।

सम्मेलनको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर डा. नीलम ढुङ्गानाले लघुवित्तले गरिब र लक्षित समुदायको आर्थिक पुनरुत्थान गर्न, लैङ्गिक असमानतालाई न्यून गर्न, महिला सशक्तीकरणलाई टेवा दिन र आर्थिक असमानतालाई कम गर्न मद्दत गरेको बताएका छन् । “लघुवित्तले वित्तीय सेवाबाट वञ्चित रहेका समूहलाई स्वरोजगारका अवसर विकास गर्न र विभिन्न आयआर्जन गर्ने गतिविधि विस्तार गर्न मद्दत पुयार्ए को छ”, उहाँले भन्नुभयो, “लघुवित्तले महिलाको आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका खेलेको छ ।”

बीस प्रतिशत जनसङ्ख्याको हिस्सा औपचारिक वित्तीय पहुँचभन्दा बाहिर रहेको स्थितिमा लघुवित्त वित्तीय संस्थालाई गरिबी निवारण, आर्थिक समावेशीकरण र समग्र आर्थिक विकासका लागि प्रभावकारी साधन मानिएको उहाँको भनाइ छ । केन्द्रका अध्यक्ष श्रेष्ठले एकै व्यक्तिले धेरै लघुवित्त संस्थाबाट कर्जा लिएको भन्दै त्यसमा कडाइ गर्नुपर्ने बताए ।

“लघुवित्तले गरिबीलाई शून्यमा झार्न सक्नुपर्छ । २२/२४ वटा संस्थाबाट समेत कर्जा लिएको पाएको छु । त्यसैले सङ्ख्यात्मक वृद्धि गर्न सदस्य खोसाखोस नगराँैं”, उनले भने । उनले लघुवित्त स्वनियमनमा बस्नुपर्ने आवश्यकता आँैल्याएका छन् । “पुरानो ढर्राबाट अब चल्न हुँदैन । अहिले नै सचेत बन्नुपर्छ । ढिला गर्न हुँदैन । स्वनियममा बस्न अरुले निर्देशन दिनपर्दैन । राम्रो कामका लागि नेपाल राष्ट्र बैंकको निर्देशन कुर्नुपर्दैन”, उनले भने ।

सम्मेलनमा प्रधानमन्त्री देउवाले पठाएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । प्रधानमन्त्रीले सन्देशमा देशका विभिन्न क्षेत्रमा रहेका लघुवित्तले स्थानीय उत्पादनमा वृद्धि गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गरेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *