२५ लाख बढी सुनसहित विमानस्थलबाट तीन जना पक्राउ

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रु २५ लाखभन्दा बढी मूल्यको सुनको सिक्रीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

एयर अरेवियाको उडानद्वारा काठमाडौँ आएका यात्रुहरूको गतिविधि शङ्कास्पद देखिएपछि जाँच गर्ने क्रममा तीनै जनाबाट सुन बदामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिएका छन् ।

प्रहरीले हरेकबाट ९९.९६ ग्राम तौल भएको सुनको सिक्री बरामद गरेको उनले बताए । बरामद सुनको सिक्रीसहित उनीहरूलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।

पक्राउ पर्नेमा रसुवाका ३२ वर्षीय सुकुराम लामा सोही ठाउँका २७ वर्षीय पेम्बा थोक्रा, र वर्ष २२ का बुद्धिमान तामाङ रहेका छन् । तीनै जनाले पाइन्टकोकम्मरको भागमा फल्स बटम बनाइ अवैध रूपमा सुन ल्याएका थिए । उक्त सुनको मूल्य रु २५ लाख ५६ हजारभन्दा बढी रहेको विमानस्थल सुरक्षा कार्यालयले आज एक सूचना जारी गरी जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *