एनएमबी बैंकको ग्राहकलाई चार किसिमका अफर

काठमाडौँ । नयाँ वर्षको अवसरमा एनएमबी बैंकले विभिन्न अफरहरू सार्वजनिक गरेको छ । उक्त अफरमा क्यास ब्याकदेखि छुटसम्म रहेको जनाएको छ । अफर अनुसार एनएमबी बैंकका ग्राहक तथा कर्मचारीहरुले सिजी डिजिटलका २० हजार बराबरको उत्पादन खरिद गर्दादुई हजार सम्म क्यासब्याक पाइने एनएमबीले जनाएको छ । अनलाईन शपिङ पोर्टल दराजबाट समान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम एक हजार ५०० रुपैयाँसम्म छुट पाउन सकिन्छ ।

साथै एनएमबीको मोबाइल बैंकिङबाट क्यूआर कोड स्यान गरी सामान खरिद गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म छुट पाइने बैंकले जनाएको छ । त्यस्तै एनएमबीका ग्राहकले अनलाइन बजार सस्तो डिलबाट डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा २० प्रतिशत वा अधिकतम दुई हजार रुपैयाँसम्म छुट पाइने बैंकले जनाएको छ । सबै योजना सीमित समयका लागि मात्र लागू हुने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *