४९७ अवैध आप्रवासीको उद्धार

काठमाडौँ । आप्रवासन सम्बन्धी एक अन्तर्राष्ट्रिय संस्था (आइओएम) ले लिबियाको सामुद्रिक किनाराबाट उद्धार गरिएका ४९७ जना अवैध आप्रवासीहरु लिबिया फर्किएका बताएको छ ।सो संगठनले सोमबार एक विज्ञप्ति प्रकाशन गरेर सो विषयमा जानकारी दिएको हो । ती आप्रवासी कागजातबिहीन भएका र सामुद्रिक किनारमा अलपत्र परेका थिए ।

लिबियाका विभिन्न स्थानबाट उनीहरु अन्यत्रै जान लागेका थिए र उनीहरु कागजात बिहीन अवस्थामा रहेकाले उनीहरुलाई सो संगठनले उद्धार गरेर लिबिया नै फर्काएको थियो । सो संगठनले सात दिनको अवधिमा उनीहरुलाई उद्धार गरेर फर्काएको थियो । कतिपय यी आप्रवासीहरु जबर्जस्ती समुद्र पार गर्न खोज्दा दुर्घटनामा पर्ने गरेका छन् ।

लिबियाको सामुद्रिक किनाराबाट भाग्न खोज्ने क्रममा गएको वर्षमात्र पनि कम्तीमा पनि ७७ जनाको ज्यान गएको थियो । त्यस्तै गत वर्ष मात्र ३४० जना यस क्रममा बेपत्ता भएका थिए ।उक्त संगठनले यस वर्षमात्र करिब ४ हजार अवैध आप्रवासीलाई उद्धार गरिएको पनि जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *