मन्त्री आलेद्वारा हिमाल आरोही लामालाई बिदाइ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कञ्चनजङ्घा हिमाल आरोहण गर्न लागेकी काभ्रे रोशी गाउँपालिका–१ भिमखोलीकी ३२ वर्षीया शर्मिला लामालाई बिदाइ गरेका छन् ।

मन्त्रालयमा आयोजित कार्यक्रममा उनले आरोही लामालाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिएका छन् । मन्त्री आलेले आफ्नो स्वास्थ्यका साथै मौसमको अवस्था ख्याल गरेर आरोहण गर्न सुझाव दिए ।

विगत १६ वर्षदेखि हिमाल आरोहण गर्न सुुरु गर्नुभएकी लामाले विश्वका १६ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य राखेका छन् । ती चार हिमालको आरोहण गरिसकेको उनले जानकारी दिएका छन् । उनले यसअघि सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *