विद्यालय जाँदै गरेकी बालिकाको मृत्यु

काठमाडौँ । अर्घाखाँचीको पाणिनी गाउँपालिका-८ पालीमा ट्याक्टरले किच्दा एक बालिकाको ज्यान गएको छ । अर्वका आधारभूत विद्यालयमा कक्षा ५ मा पढ्ने ११ वर्षीया बालिका नमुना कुमाललाई लु२त ९३७१ नम्वरको ट्याक्टरले किचेको र उनको घटनास्थलमै ज्यान गएको हो । ट्याक्टरमा बसेर विद्यालय जाँदै गरेकी बालिका कुमाल स्कुल नजिकै पुगेपछि ट्याक्टरबाट खसेको र ट्याक्टरको बीचको टायरले किचेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

अर्बका आधारभूत विद्यालयका शिक्षक पदम पौडेलका अनुसार बुधबार बिहान करिब ९ बजेतिर दुर्घटना भएको हो । मृतक बालिका परीक्षा दिन विद्यालय जाँदै थिइन् । विद्यालय आउनै लागेपछि बालिका आत्तिएर झरेको र ब्रेक लगाउँदा लगाउँदै बीचको टायरमा टाउको परेको स्थानीयले बताए । ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *