नागिरिकमैत्री वडा कार्यालय बनाउन मेरो उम्मेदवारी

काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा आफ्नो राजनीतिक हैसियत अनुसार विभिन्न पदमा दावी गर्दै उम्मेदवारी घोषणा गर्नेको संख्या पनि बढ्न थालेको छ । त्यसै मेसोमा काठमाडौं जन्मिएका दिलिप गौतमले पनि काठमाडौं महानगरपालिका वडा नं. १० को वडा अध्यक्ष पदमा उम्मेदवारी दिन घोषणा गरेका छन् । गौतम क्याम्पस पढ्दादेखि नै कांग्रेसका विभिन्न आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका व्यक्ति हुन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका गौतम पेशाले प्राध्यापक भएपनि कुशल कलाकार पनि हुन् । उनले एक दर्जनबढी चलचित्रहरुमा मूख्यपात्रको भूमिकामा अभिनय गरी नेपाली चलचित्र क्षेत्रलाई योगदान पु¥याएका छन् । उनले अभिनय गरेका चलचित्रहरु ए–पण्डीत बाजे, मनमा माया, गुरु दक्षिणा, पलपलमा, तेजावलगायत रहेका छन् । त्योसँगै गौतम २०४६ साल भन्दा अगाडिबाट ‘बाल काँग्रेसको रुपमा पार्टीमा सघर्ष गर्दै आएका व्यक्ति हुन् ।

२०५६ सालमा नेपाल कमर्स क्यामपसको इकाई सचिव र कार्यवाहक इकाइ सभापतिको जिम्मेवारीबाट उनको सक्रिय राजनीतिक यात्रा शुरु भएको थियो । गौतम २०५८ सालदेखि नेपाली कांग्रेस पार्टीको क्रियाशिल सदस्य भएर पार्टी राजनीतिमा उदाएका हुन् । उनले २०६२/६३ को जनआन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यतिबेलै उनलाई तत्कालीन नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले नेपाल सांस्कृतिक संघको संस्थापक केन्द्रीय सदस्यको जिम्मेवारी दिएका थिए । यसरी अध्ययनसँगै विविध क्षेत्रमा योगदान गरी कांग्रेस राजनीतिमा स्थापित युवा नेता गौतमसँग स्थानीय निर्वाचनमा केन्द्रित रहेर काठमाडौँ न्युज डट कम र सत्याग्रह साप्ताहिकका लागि कालिका महतले गरेको कुराकानीको सम्पादित अंश:

प्राध्यापन पेशाबाट राजनीतितिर कसरी आकर्षित हुनुभयो ?
म कलेज पढ्दादेखि नै राजनीतिमा रुचि राख्ने गर्दथे । मेरो परिवारिक वातावरण पनि राजनीतिले ओतप्रोत थियो । धेरै वर्ष नेपाल कमर्श क्याम्पस मीन भवनमा प्राध्यापक भएर काम गरेँ । अहिले अधिकांश नेताहरु शिक्षक पेशाबाट आएका छन् । त्यो क्षेत्रबाट आएका व्यक्तिहरु पार्टी राजनीतिमा सफल पनि छन् । किन भने उनीहरुसँग कम्तिमा पनि नयाँ सोच, भिजन हुन्छ । म पनि केही न केही नयाँ जोश, जाँगर र भिजन लिएर नेपाली कांग्रेसको पार्टी राजनीतिमा बाहिरबाट सहयोग गर्दै आएको थिएँ । त्यतिबेला म साइड पेशा गरेर राजनीतिमा सक्रिय थिएँ । अब चाहीं जनतालाई केही न केही अनुभूति हुने गरी काम गरौं भनेर मैले २०७९ वैशाख ३० गते हुँदै गरेको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं. १० को वडा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु ।

महानगरपालिका वडा नं. १० को वडा अध्यक्षमा तपाईंको उम्मेदवारी किन ?
खासगरी मेरो उम्मेदवारीको सन्दर्भमा भन्नुपर्दा अहिलेका जनप्रतिनिधिहरुले जनचाहना अनुसारको काम गर्न सकेका छैनन् । शब्द र भाषणमा मात्रै विकास, समृद्धिको कुरा आउँछन् । व्यवहारमा त्यस्तै पटक्कै छैन । जुनसुकै पार्टीका प्रतिनिधिहरुले पनि आपूm केन्द्रित राजनीति गरेका छन् । खाली नातागोता, आफन्त, कार्यकर्ताभन्दा बाहिर निस्कन सकेका छैनन् । त्यसले सर्वसाधारणमा नैरास्यता उत्पन्न भएको छ । यस वडा पनि त्यो समस्याबाट अछुतो छैन । अहिले स्थानीय तह निकै शक्तिशाली र अधिकार सम्पन्न छ । त्यो सम्वेदनशीलतालाई जनप्रतिनिधिहरुले चिन्न सकेका छैनन् । नागरिकले सानोभन्दा सानो काम लिएर जाँदा पनि ढिलासुस्ती हुने । भोलि आउ, पर्सी आउ भन्ने । जनप्रतिनिधि र कर्मचारी शासक जस्तो हुने कारणले जनता वाक्क, दिक्क भएका छन् । त्यसकारण काठमाडौं महानगरपालिका वडा नं. १० लाई नमूना वडा बनाउने उद्देश्य लिएर नयाँ जोश, जाँगर र भिजनका साथ मैले वडा अध्यक्षको उम्मेदवारी दिने तयारी गरेको हुँ । फेरि वानेश्वर देशकै विकसित शहर र पढेलेखेका सचेत नागरिकहरुको बसोबास भएको ठाउँ हो । यहाँ विकास निर्माण भन्दा व्यवस्थापनको आवश्यकता छ । किन भने अन्यत्र जस्तो बाटो, पुल, ढल बनाउनुपर्ने छैन । भइरहेका संरचनालाई व्यवस्थापन गर्ने हो । नागरिकमा सुशासन कायम गर्ने हो । त्यसको लागि मैले आफ्नो उम्मेदवारी दिन लागेको हुँ ।

यी सारा समस्या समाधानका लागि तपार्ईं चाहीं सक्षम हुनुहुन्छ ?
अब पनि पटक–पटक प्रयोग भइसकेका नेताहरुबाट परिवर्तनको आशा गर्न सकिँदैन । नयाँ सोच र भिजनका लागि व्यक्ति पनि त्यस्तै हुनुपर्छ । हिजो विभिन्न कालखण्डमा प्रयोग भइसकेका व्यक्तिबाट कसरी आशा गर्ने अब उनीहरुले विकास निर्माण गर्छन्, सुशासन ल्याउँछन् भने ? जब कि उनीहरुले त्यो सधान, स्रोत प्रयोग गरेर देखाइसकेका छन् जसको कारण जनता सन्तुष्ट छैनन् । त्यसकारण पनि वडा १० का सम्पूर्ण दाजुभाइ दिदीबहिनी तथा आमा, बुबालाई म के भन्न चाहन्छु भने यदि नेताहरुले भनेजस्तो साच्चिकै ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना गरिएको हो भने नयाँ सोच बोकेर आएका युवालाई भोट दिनुहोस् । काठमाडौं महानगरपालिका वडा १० अध्यक्षमा त्यसै उठ्न लागेको होइन । मैले यस वडावासीको लागि नयाँ सोच बोकेर आएको छु । मेरो सोचलाई तपाईंंहरुले चाहेको विकास र समृद्धिसँग जोड्ने मौका दिनुहोस् ।

युवा नेता आउँदैमा विकास भइहाल्छ त ?
मैले युवा हुँदैमा विकास हुन्छ भन्न खोजेको होइन । पटक–पटक एउटैलाई दोहोर्याउँदा जनताको सोचाइमा नकारात्मक असर पर्छ । त्यसैले नयाँ व्यक्तिलाई टिकट दिँदा जनतामा आकर्षण पनि हुन्छ र प्रतिनिधिले पनि केही नयाँ जोशले काम गर्छ भन्न खोजेको हो । अग्रजको अनुभव र युवाको जाँगरबाटै विकास हुने हो । हाम्रो पार्टी नेपाली कांग्रेसभित्र धेरै अग्रज नेताहरु हुनुहुन्छ । उहाँहरुले राजनीतिमा धेरै लगानी गर्नुभएको छ । राजनीति आस्थाकै कारण धेरै जेलनेल भोग्नुभएको छ । त्यसैले उहाँहरुको भोगाइ र अनुभव नयाँ सोच बोकेका युवाहरुको सक्रियताबाट नै विकास हुने हो ।

तपाईं यो वडाको अध्यक्ष हुनुभयो भने के के गर्नुहुन्छ ?
म कामनपा वडा नं. को वडा अध्यक्ष भएँ भने वानडोर पोलिसी ल्याउँछु । अहिले वडा कार्यालयहरु नागरिकमैत्री छैनन् । जताततै ढिलासुस्ती, अनियमितता, हेलचेत्र्mयाइँले गर्दा नजता निरास छन् । त्यसलाई बदलेर वडास्तरको कामलाई चुस्त, दुरुस्त र वानडोर पोलिसीबाट छिटो, छरितो सेवा प्रवाह गर्ने छु । नागरिकमैत्री वडा कार्यालय बनाउने छु । जेष्ठ नागरिकहरुलाई सर्वसुलभ सेवा दिने व्यवस्था गर्ने छु । महिलाहरुलाई सीपमुलक व्यवसायिक तालिमदेखि घरेलु उद्यमशीलतालाईं जोड दिने छु । युवाहरुको लागि सीपमुलक व्यवसायिक तालिम तथा शिक्षामा जोड दिने छु । अझ भन्नुपर्दा खाल्डो र धुलोमुक्त वानेश्वर बनाउने छु । वडाबाट सम्पन्न हुने काम ‘वानडोर प्रणाली’बाट गर्ने । एउटै शीर्षकको फाइल बोकेर विभिन्न ढोका चहार्नुपर्ने छैन । वडालाई प्रदुषणमुक्त बनाउने, पार्किङको व्यवस्था गर्ने, फुटपाथलाई व्यवस्थित र मर्यादित बनाउने । अपाङ्गतामैत्री सडक विस्तार गर्ने । खानेपानी तथा ढल व्यवस्थापनमा जोड दिने । फोहोर व्यवस्थापनलाई विशेष जोड दिने त्यसको लागि तीनवटा मापदण्ड बनाउने । प्लाष्टिकजन्यलाई एउटा, सिसाजन्यलाई अर्को र कुहिने खालेलाई छुट्टै व्यवस्थापन गरी त्यसबाट रियुज हुने जस्तो कुहिने फोहोरबाट मल बनाउन सकिन्छ । यसरी तीन भागमा विभाजन गरेपछि फोहोरको संख्या पनि कम हुन्छ ।

बाहिरबाट आएर व्यापार व्यवसाय गर्नेलाई कस्तो खाले योजना ल्याउनुहुन्छ ?
म बानेश्वरका भोटरको मात्रै वडा अध्यक्ष हुन लागेको होइन । बाहिरबाट आएर बानेश्वरमा विभिन्न पेशा, व्यवसाय, अध्यक्ष गरेर बसोबास गर्ने बानेश्वरवासीको जनप्रतिनिधि हुने लागेको हुँ । त्यसैले काठमाडौंको वडा नं. १० मा बसोबास गर्ने सबैको काम गर्ने छु । उहाँहरुको भौतिक, सामाजिक र व्यवसायिक सुरक्षाको लागि मेरो दायित्व रहने छ । त्यसको लागि सबैभन्दा ठूलो कुरा सामाजिक सुरक्षा हो । त्यसको ग्यारेन्टी गर्ने छु । अर्को व्यवसायिक सुरक्षा हो । त्यसपछि सम्मानजनक जीवनयापन हो । यहाँ धेरै बौद्धिक मानिसहरु बाहिरबाट आएर विभिन्न पेशा व्यवसायमा आबद्ध भएर बस्नुभएको छ । म जनप्रतिनिधि भइरहँदा उहाँहरुको समस्या समाधानका लागि पनि वातावरण सहज बनाउन जरुरी छ । त्यसको लागि पनि मेरो भूमिका हुने छ ।

बालमैत्री वातावरणको लागि तपाईंको योजना के छ ?
त्यसको लागि पर्यावरणलाई सोच्छ बनाउनुपर्छ । त्यसको लागि प्लास्टिक र सिसाजन्य फोहोरलाई छुट्याउनुपर्छ । त्यसपछि सिसाजन्यलाई खतराको रुपमा अलग्यानुपर्छ । त्यो बालबालिकाको लागि धेरै जोखिमपूर्ण हुन्छ । अर्को वालउद्यानको व्यवस्था गर्नुपर्छ । त्यस्तै सार्वजनिक पुस्तकालयको व्यवस्था गर्नुपर्छ । जसले बानेश्वरवासीको मात्रै होइन अध्ययनका लागि बाहिरबाट आएका बालबालिकालाई ठूलो मद्दत पुग्छ । त्यसैले मैले भन्दै आएको छु, ‘म वडा १० का भोटरको मात्रै अध्यक्ष होइन’ यस वडामा बसोबास गर्ने सबै नागरिकको अध्यक्ष हुन्छु भनेर ।

तपाईंको वडामा टिकटका आकांक्षीहरु कति छन् त ?
हिलेसम्म यस वडामा नेपाली कांग्रेसबाट ८ जनाले दावी गर्नुभएको छ । त्यसमा दिलिप गौतम पनि पर्दछ । जो पढेलेखेको, यहाँको भूगोल समाजलाई राम्रोसँग बुझेको म आपैm हुँ । म टिकटको दावी गर्नेमध्ये कान्छो र पढेखेलेको युवा उम्मेदवारीको रुपमा पर्दछु । अहिले यहाँका भोटरहरु धेरै बाहिरबाट माइग्रेट भएर आउनुभएको छ । उहाँहरुको भावनालाई पनि नजिकबाट नियाल्ने नेताका रुपमा म आपूmलाई दावी गर्छु । त्यो चाहीं म प्राध्यापक भएर देशैभरका विद्यार्थीहरुसँग संगत भयो । उनीहरुबाट पनि मैले नेपालको दूर्गम ठाउँलाई बुझ्ने मौका पाएँ । त्यो मनोविज्ञान बुझेका धेरै बाहिरबाट आएका भोटरहरु यहाँ बसोबास गर्दछन् । उनीहरुको इच्छा, चाहना, भावना बुझ्नसक्ने क्षमता मसँग छ ।

तपाईंको चुनाव जित्ने आधारहरु के के हुन् ?
यसको बारेमा मैले पहिला पनि भनिसकेको छु । अहिलेका मतदाताहरु धेरै जानेबुझेका हुनुहुन्छ । त्यसमा पनि काठमाडौं वडा नं. १० स्थित बानेश्वरमा धेरै पढेलेखेका, सचेत नागरिकमध्ये अब्बलमा पर्दछन् । उहाँहरुले म जस्तै पढेलेखेको, नयाँ भिजन भएको, संस्कार, संस्कृति र परम्परालाई मान्ने, बुझ्ने मान्छेलाई नै भोट दिनुहुने छ । नयाँ कुरा नारामा मात्रै गरेर हुँदैन । नयाँ भिजनसहितको व्यक्ति हुनुपर्छ । त्यो कुरा म गर्न तयार छु । यहाँ शिक्षित, सचेत र विवेकशिल नागरिकको बसोबास भएकाले पनि मलाई भोट दिनुहुन्छ भन्नेमा ढुक्क छु ।

युवाहरुलाई विदेश पलायनबाट रोक्न के/कस्तो योजना छन् त ?
युवाहरुलाई स्वदेशमै रोक्नको लागि राज्यले रोजगारीको सिर्जना गर्नुपर्छ । त्यसको लागि सीपयुक्त व्यवसायिक शिक्षामा जोड दिनुपर्छ । त्यसरी तयार भएका जनशक्तिको लागि स्वदेशमै रोजगारीको सिर्जना हुनुपर्छ । कम्तिमा पनि न्यूनतम आयआर्जनको बाटो स्वदेशमै भयो भने विदेश पलायन हुने युवाहरुको संख्या घट्छ । अहिले युवाहरुले स्वदेशमा सीपयुक्त शिक्षा आर्जन गर्दा पनि रोजगारीको व्यवस्था नभएर विदेशिसनेको संख्या बढेको छ ।

यस्तो अवस्था आउनुको मुख्य कारण के हो जस्तो लाग्छ ?
यसको मुख्य कारण भनेको नेताहरु दुरदर्शी नहुने हो । दोस्रो नेता र नेतृत्वमुख नियम, कानुन हुनु, नतावाद, किर्पावादले दक्ष जजशक्तिले उपयुक्त काम नपाउनु । अर्को डरलाग्दो समस्या भनेको भ्रष्टाचार हो । अहिले मुलुकका अहेक अंग भ्रष्टाचारमा निर्लिप्त छन् । दक्ष, योग्य व्यक्तिले कतै काम पाउँदैन । जुनसुकै ठाउँमा भनसुन, सोर्सफोर्सको भरमा काम हुन्छ । कमिसन र घूसबिना कुनै कर्मचारीले काम गर्दैनन् । कुनै काम लिएर वडा, नगर कार्यालय गयो त्यहाँ पनि घूस, ढिलासुस्ती, अनियमितताका कुरा अगाडि आउँछन् । नागरिकता, सिफारिस, नाताप्रमाणित, बसाइसराईं, जन्म दर्ता, मृत्यु दर्ता जस्ता अति आवश्यकीय काम पनि बिना भनसुन र सोर्सफोर्स हुँदैन । जनप्रतिनिधि र कर्मचारीहरु शासकजस्ता देखिन्छन् । सामान्य व्यवसाय दर्ता गराउन जाँदा पनि विभिन्न झन्झट देखाएर दिक्दार बनाउँछन् । कर तिर्न जानेलाई दूव्र्यवहार र अपमान गरिन्छ । त्यसकारण पनि युवाहरु निराश भएर बिदेसिने गरेका गुनासाहरु हामी माझ छरपस्ट छन् । यिनै विकृति, विसंगतिहरुलाई सके निमिट्यान्न पार्ने नसकेपनि न्यूनिकरण गर्ने उद्देश्यले मैले काठमाडौं १० को वडा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हुँ ।

(दिलीप गौतम – युवानेता नेपाली कांग्रेस तथा पूर्व प्राध्यापक, नेपाल कमर्श क्याम्पस वानेश्वर)

तपाईं अध्यक्ष हुँदा चाहीं ‘समृद्धि नेपाल, सुखी नेपाली’ भइहाल्छ ?
म नयाँ पुस्ताको प्रतिनिधि पात्र हुँ । नयाँ सोच र दृष्टिकोण लिएर आएको छु । म राजनीतिक चेतसहित राजनीतीमा आएको छु । म समाजको आर्थिक, भौतिक र सामाजिक विकासमा जोड दिन चाहन्छु । नैतिक रूपले उच्च भावना बोकेका भष्ट्रचार विहिन समाज हुनूपर्छ अनि मात्र समाज विकास हुन्छ भन्ने वकालत गर्ने मान्छे हुँ । धार्मिक सहिष्णुता र उच्च सामाजिक मानव सम्बन्ध रहेको यस शहरको इतिहास लगभग दुई हजार वर्ष पुरानो हो । बौद्ध र हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको यो उपत्यका हजारौ प्रकृतिका चाड पर्व, जातजाति, रीतिरिवाज र चालचलनको विविधताले भरिएको छ । नेपालीहरु मध्यकै एक प्रमुख नेवार समुदायको कला र संस्कृतिले भरिपूर्ण छ । को खानी कै रुपमा समेत रहेको छ । कला, संस्कृतीको जीवन्त इतिहास तथा प्राचिन विशिष्ट शैलीको अनुपम उदाहरण रहेको वडा नं. १० बानेश्वरदेखि दक्षिणमा बुद्धनगर र शंखमूल पर्छ भने उत्तरमा पूरानो बानेश्वरसम्म यसको सिमाना पर्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *