नेपाल बैंकबाट विद्यार्थीले सहुलियतपूर्ण कर्जा पाउने

काठमाडौँ । नेपाल बैंकले पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीलाई सहुलियतपूर्ण बैंकिङ्ग सेवा दिने भएको छ । बैंकले विश्वविद्यालयसँग बैंकिङ्ग कारोबार गर्ने सम्बन्धी सम्झौता गरी उक्त सेवा दिने भएको हो । उक्त सम्झौता पत्रमा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार निलमणि पोख्रेल र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका छन् । यससँगै पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत कर्मचारी एवम् विद्यार्थीले नेपाल बैंकको आधुनिक एवम् सहुलियतपूर्ण बैंकिङ्ग सेवा पाउने छन् ।

सम्झौता अनुसार उक्त विश्वविद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको तलबी खातामा बैकले बचत निक्षेपको उच्चतम ब्याजदर प्रदान गर्ने, निःशुल्क डिजिटल बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउने, बैंकको लकर भाडामा छुट प्रदान गरिने, विश्वविद्यालयमा कार्यरत कर्मचारीलाई सहुलियत ब्याजदरमा कर्जा प्रदान गर्ने निःशुल्क डेविट/क्रेडिट कार्ड सुविधा उपलब्ध गराउने र विश्वविद्यालयको आबश्यकता अनुसार थप बैंकिङ्ग सेवा सुबिद्या उपलब्ध गराउने छ ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवराज कोईरालाले यो सम्झौता कोशेढुंगाको रुपमा रहने उल्लेख गर्दै भविश्यमा विश्वविद्यालय र बैंक बीचको यो सम्बन्ध थप सुदृठ हुंदै जाने विश्वास व्यक्त गरे । विश्वविद्यालयका रजिष्ट्रार निलमणि पोख्रेलले नेपाल बैंक पहिलो र भरपर्दो भएको साथै यसले आफ्नो सेवा प्रवाहमा व्यापक सुधार गरेको देखिएकोले सम्झौतापत्रमा हस्ताक्षर गरिएको बताउदै विश्वविद्यालय र बैंकलाई अझ व्यवसायिक उचाईमा कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा आफूहरुको जोड रहने उल्लेख गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकले सम्पूर्ण ग्राहकलाई अझै उत्कृष्ट स्तरको वित्तीय सेवा प्रदान गर्दै जाने प्रतिवद्धता पनि व्यक्त गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *