प्रचण्डको नयाँ बर्षको सांगीतिक कोसेली  ‘दिल खोलेर कुरा गरन’ सार्वजनिक (भिडियो सहित)

काठमाडौ । मुकुन्दराजको शब्द  र हरि लम्सालको संगीत रहेको ‘दिल खोलेर कुरा गरन’ । लोकप्रिय कलाकार दयाहाङ राई र लक्ष्मी बर्देवा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार मुकुन्दराज अर्यालको शब्द ,प्रचण्डबाबु राई र रचना रिमालको स्वर रहेको गीत ‘दिल खोलेर कुरा गरन’मा दया र लक्ष्मीको जोडीलाई देखन सकिन्छ
नयाँ  बर्षको छेको पारेर सार्वजनिक गरिएको गीतमा हरि लम्सालको संगीत र एरेन्ज रहेको छ । गीतको भाव अनुसारको भिडियोमा कथा खोज्‍न सिपालु  निर्देशकहरु लक्ष्मी बर्देवा र जीवन भट्टराईको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको सीनेमाटोग्राफी र बिष्णु खड्काको सम्पादन रहेको छ  टुवेल नोट्सको अफिसियल च्यानलबाट भिडियोलाई  सार्वजनिक गरिएको हो ।
टुवेल नोट्स द्वारा निर्मित यसअघिका गीतहरु ‘परानै दिन्छु’ र ‘परानै दिन्छु _२ ‘मा पनि दया  र लक्ष्मीको जोडीलाई दर्शकले अत्याधिक मन पराएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *