एनसीसी बैंकले नाई संघ सदस्यहरुलाई छुट दिने

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले नेपाल राष्ट्रिय नाई संघको चौथो राष्ट्रिय सम्मेलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममा बैंकले वित्तीय साक्षरता अन्तर्गत बैंकिङ्ग कारोबार, बचतका फाइदा तथा क्यू।आर। कोडबाट हुने कारोबार सम्बन्धमा जानकारी दिएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय नाई संघमा आबद्ध देशै भरिका ७०० भन्दा बढी नाई सदस्यहरुको सहभागिता रहेको थियो । नेपाल राष्ट्रिय नाई संघमा आवद्ध नाईहरुलाई क्यूआर कोड सेवा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौता समेत भएको छ । यस सम्झौता अन्तर्गत नेपाल राष्ट्रिय नाई संघमा आवद्ध भई क्यूआर कोड सेवा लिएका नाईलाई बैंकले उपलब्ध गराउने सेवा सुविधामा उच्च प्राथमिकता दिने तथा शुल्कहरुमा आवश्यक छुट दिनेछ । सम्झौता पत्रमा बैंकका तर्फबाट नायव महा–प्रबन्धक मुकुन्द सुबेदी र नेपाल राष्ट्रिय नाई संघका तर्फबाट अध्यक्ष पल्टन ठाकुरले हस्ताक्षर गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *