म्यानचेस्टर सिटी सेमिफाइनलमा

काठमाडौँ । दस खेलाडीमा सीमित एट्लेटिको मड्रिडसंग युइएफए च्याम्पियन्स लिगअन्तर्गत दोस्रो लेगमा बुधबार राति गोलरहित बराबरी खेल्दै म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ । समग्रमा इंग्लिस क्लब सिटीले स्पेनिस क्लब मड्रिडलाई १-० अन्तरले पराजित गर्यो । दोस्रो लेगमा एट्लेटिको १० खेलाडीमा सीमित भएको थियो ।

घरेलु मैदानमा बनाएका केही अवसर सदुपयोग गर्न नसक्दा एट्लेटिको सेमिफाइनल पुग्न सफल भयो । बुधबार नै भएको खेलमा लिभरपुल र बेन्फिकाले ३-३ गोलको बराबरी खेलेपनी समग्रमा ६-४ले विजयी हुँदै सेमिफाइनलको टिकट काट्यो । फाइनल प्रवेशका लागि सिटीले अर्को स्पेनिस क्लब रियल मड्रिडसंग खेल्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *