सिसेल्स पुलिसमा जागिर लगाउने भन्दै लागत भन्दा १० गुणा बढी पैसा उठाईदै, श्रममन्त्री किसानको पनि संलग्नताको आशंका

काठमाडौँ । म झन्डै ७ बर्ष सेसेल्स भन्ने अफ़्रिकन देशको पुलिस डिपार्टमेण्टमा सुपरभाइजर पदमा काम गरेर फर्किएको एउटा नेपाली नागरिक हुं । सिसेल्सबाट फर्किएको पनि ३-४ बर्ष भईसक्यो । आफुले काम गरेको ठाउँ त्यस्मा पनि सुन्दर समुन्द्रीक अनगिन्ती टापुहरु भएको देश भएको भएर बिशेष रुपमा सिसेल्सको मलाई माया र चासो दुबै हुने गर्दछ ।

यसै सिलसिलामा सिसेंल्सबाट ६० जना नेपाली बेरोजगारहरुलाई पुलिसमा रोजगारीको कोटा नेपालको ग्रोथ प्रोसेस इन्टरनेसनल इम्प्लोइमेन्ट प्रालिले पाएर धमाधम अन्तरबार्ता लिदैछ भन्ने समाचार सुने । अनि म यो खबर साचो हो या झुटो हो के हो भनेर सोधीखोजीमा दौडिन थाले । यो समाचार साचो झुटो के भनेर छुट्याउन मलाई कुनै गारो भएन । मैले सिधै सिसेल्स पुलिसमा फोन गरे । म त्यहाँ काम गर्दाका धेरै साथीहरु छन । जुन अहिले कोही उच्च ओहोदामा छन् त कोही रिटाएर्ड भैईसके । तेही भएर मलाई समाचार बारे सत्य तथ्य बुझ्न कुनै गारो भएन । नेपालबाट ६० जना नेपाली सिसेल्स पुलिसमा भर्ना गर्न स्वीकृति दिएको र डिमाण्ड पनि नेपालमा पठाइसकेको भन्ने खबर मिल्यो । अधिकतम ६० हजार रुपैयाँसम्म सेवा शुल्क लाग्ने ठाउँमा म्यानपावर कम्पनीले ६ लाख रुपैयाँ मागेको र त्यसमा पनि १ लाख अग्रिम रकम सिसेल्स जान चाहाने कादारहरुसंग एड्भान्स लिइसकेको पाईयो । सिसेल्स पठाउने भनेर काठमाडौंको बसुन्धरामा रहेको ग्रोथ प्रोसेस इन्टरनेसनल इम्प्लोइमेन्ट प्रालिले विदेश पठाउने भन्दै कामदारहरुसँग ६ लाखका दरले रकम उठाउने तय भएको पुष्टी भयो ।

उक्त म्यानपावर कम्पनीले सेसेल्स भन्ने देशमा सुरक्षाकर्मीको रुपमा काम गर्ने गरी पठाउनका लागि श्रमिकहरुसँग ६ लाख रुपैयाँ माग गरेको छ । कम्पनीले ६० जनासँग अग्रिम भुक्तानी वापत १ लाख रुपैयाँ र बाँकी ५ लाख भिसा आउनु अघि बुझाउनु पर्ने शर्तमा काम अघि बढाएको पाईयो । ६० जनाले नै एक लाखका दरले नगद नै बुझाइसकेका छन् । ‘हामीले गत आइतबार नै एकरएक लाख रुपैयाँ बुझाएका हौँ, अब बाँकी ५ लाख १५ दिनभित्र तयार पार्नु भनेको छ’ एक श्रमिकले भने । एकाईस दिनभित्र सिसेल्सबाट भिसा आउने कन्फर्म हुने वित्तिकै ५ लाख रुपैयाँ भुक्तानी दिनुपर्ने भनि म्यानपावर कम्पनीको उर्दी रहेछ । नगद बुझाउन जादा शरिर खानतलासी गरी मोवाइल, क्यामेरा, झोला जस्ता सबै वस्तुहरु बाहिर राख्न लगाएर पैसा मात्रै बोकेर भित्र पठाइएको थियो । म्यानपावरका सञ्चालक कमल पाण्डेले पनि खानतलासी गरेर भित्र पठाइएको स्वीकार गरेका छन् । ६ लाख रुपैयाँ माग गरिएको विषयमा पनि उनले घुमाउरो पाराले स्वीकार गरे । ‘हामीले कति मेहनतले बाहिरबाट डिमाण्ड ल्याउँछौं । त्यो दुःख बुझ्नु छैन, के पत्रकारले रोजगारी दिने हो ? के तपाईहरुले यो काम गर्न सक्नुहुन्छ ? भनेर फोनमा धम्क्याउनेसम्मको काम भयो ।

यती जानकारी बटुलेपछि मैले पुनः सिसेल्स पुलिसमा सम्पर्क गरे र नेपालमा तपाहरुले डिमाण्ड पठाएको कम्पनीले तोकीए भन्दा १० गुणा बढी रकम असुल्ने प्रपन्च मिलाई १ लाख त अग्रिम रुपमा कामदारहरुबाट उठाई सकेको जानकारी दिनेबितिक्कै सिसेल्समा ठुलो खैला बैला मचियो । सिसेल्सका पुर्व पुलिस कमाण्डरले त मलाई दुई दुई पटक फोन सम्पर्क गरेर मैले पठाएको समाचारबारे सोधीखोजी गरेका थिए। ुदिश ईज टु मचू भन्ने प्रतिक्रिया दिदै पुर्व पुलिस कमाण्डरले नेपाललाई दिएको ६० जना कामदारको डिमाण्डबारे सनसनीखेज खुलासा गर्दै भने अहिले सिसेल्स मै काम गर्ने नेपाली कामदार मध्धे सिसेल्स पुलिसका सुपरभाईजर हर्क बहादुर रोका, अन्य सिपाही दर्जाका क्रमश आरपी पन्त , तुलसी बस्नेत, लिला शाही र एकराज सुबेदीहरुको आग्रह बमोजोमिम सिसेल्स पुलिसले ६० जना नेपाली जवान ल्यानु भनि स्वीकृति दिएका छौं । उनीहरुले उक्त डिमाण्ड पाउनुको मुख्य आधार सिसेल्स पुलिसमा काम गर्ने यी माथिका ५ भाईहरु सुपरभाईजर हर्कबहादुर रोका र अन्य सिपाही क्रमश , आरपी पाण्डे , तुलसी बस्नेत, लिला शाही र एकराज सुबेदीसमेतले सिसेल्समा एनआरएन शाखा छ र उक्त शाखाको अध्यक्ष आरपी पन्त हुन भनि अन्य ४ जना सदस्य रहेको नक्कली एनआरएन शाखा खडा गरि माथिको ६० जनाको डिमाण्ड फ़ुत्काएको बुझिएको छ । तर अहिलेसम्म पनि सिसेल्समा कुनै पनि कानुनी हैसियतको एनआरएन सिसेल्स शाखा गठन भएको छैन र यो बारे एनआरएन हेड अफिसमा सम्पर्क गर्दा सिसेल्समा हाम्रो कुनै शाखा छैन भनी जफाफ पाईयो ।

यता नेपालमा कामदार छनौट प्रकिर्या शुरु गर्न अर्थात कामदार छान्न सिसेल्स पुलिसका सुपरभाईजर हर्क बहादुर रोका नॆपाल आएर धमादम ग्रोथ प्रोसेस इन्टरनेसनल इम्प्लोइमेन्ट प्रालिको अफिसबाट अन्तरबार्ता लिएर कामदार छनौट गर्न थाले । यो कुरो थाहा पाएपछि मेरो प्रयाशमा नेपालमा भईरहेको सम्पुर्ण गतिबिधी सिसेल्स पुलिसलाई खबर भएपछि सुपरभाईजर हर्क बहादुर रोकालाई सोधनी हुदा म चाडै सिसेल्स फर्किदैछु तेही आएर सबै कुराको ब्रिफिंङ्ग गर्छु भनी जवाफ फर्काए ।

अब सुपरभाईजर हर्क बहादुर रोका र उनको झुण्डलाई परिस्थिति बेकाबू बनेको र सिसेल्स कसरी फर्किन भन्ने चिन्ताले सताउन थाल्यो । सबै कुराको पर्दाफास हुने डरले एउटा जुक्ती निकाले । ६० जना नेपाली कामदारबाट ६० लाख त उठाई सकेका थिए । अब कसरी फेस सेभिङ्ग गर्ने भन्नेबारेमा सोच्दा सोच्दै एउटा आईडिया फुराए । नेपालका श्रम तथा रोजगार मंत्री किसान श्रेष्ठलाई सिसेल्स भ्रमणमा लैजाउ त्यसो गर्दा मंत्री नै लिएर सिसेल्स पुगेपछि हाम्रो ईज्जत पनि बढ्छ र हामीले गरेको नक्कली कामको पनि ढाकछोप हुन्छ भन्ने सोचे । भयो पनि त्यस्तै मंत्री किसान श्रेष्ठको दुबई र कतार भ्रमण गर्ने मिति तय भैसकेको थियो यही भ्रमण कै बेला सिसेल्स पनि जाने गरि भ्रमण गर्न मन्त्री तुरुन्त राजी भए । सिसेल्समा नेपाली कामदारको उच्च डिमाण्ड छ श्रम सम्झौता पनि हामी गराउछौ भनेपछि मंत्री सिसेल्स जान तयार भएका हुन् । मंत्री सिसेल्स गए र श्रम सम्झौता पन

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *