आजको फोटो फिचर

बिस्का जात्रा
मध्यपुरथिमिको बालकुमारी प्राङ्गणमा शुक्रबार बिहान बिस्का जात्रामा सहभागीहरु । जात्रामा बालकुमारी, विष्णुवीर, दक्षिणवाराही, सिद्विकाली, प्रथम गणेशलगायत विभिन्न ठाउँमा २३ खट रहेका छन् । हरेक वर्ष वैशाख २ गते बिहान हुने यो जात्रा ३२ खटको जात्रा वा सिन्दुर जात्राको नामले प्रसिद्व छ । तस्बिर: रत्न श्रेष्ठ- रासस
भेटी गन्दै
बागलुङको कालिका मन्दिरमा चैते दशैँका अवसरमा भक्तजनले चढाएको सङ्कलित भेटी गन्दै मन्दिरका कर्मचारी । तस्बिरः खेमराज गौतम-रासस

योगभ्यास सिकाउँदै प्रशिक्षक
पतञ्जली योग समिति शुक्लागण्डकी, शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घ र शुक्लागण्डकी नगरपालिकाको आयोजनामा तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मा सञ्चालित योग शिविरमा योगाभ्यास सिकाउँदै प्रशिक्षक । योग विज्ञान शिविर वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । तस्वीर:- कृष्ण न्यौपाने-रासस
बेलढुङ्गामा आन्तरिक पर्यटक भीड
म्याग्दीको पर्यटकीयस्थल बेलढुङ्गामा नयाँ वर्ष मनाउन आएका आन्तरिक पर्यटक बाजागाजाका साथ रमाइलो गर्दै । म्याग्दी र बागलुङबाट एकैपटक पुगेका पर्यटकले बिहीबार र शुक्रबार बेलढुङ्गामा थेगिनसक्नुको भीड छ । तस्वीर: ध्रुवसागर शर्मा-रासस
तानबाट कपडा बुन्दै
म्याग्दीको मालिका गाउँपालिका–२ रुमका महिला तानबाट कपडा बन्दैै । रुमका महिला सिप सिकेर आत्मनिर्भर बन्न अग्रसर भएका छन् । तस्वीर: सन्तोष गौतम-रासस
सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *