आजबाट भाटभटेनी जात्रा शुरु

काठ्माण्डौ। टुँडालदेवीको हराएको गहना खोज्न प्रत्येक वर्ष मनाइने भाटभटेनी जात्रा आजदेखि सुरु हुँदै छ । प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि सुरु गरिने भाटभटेनी जात्रा आजदेखि काठमाडौँ महानगरपालिका–५ को हाँडीगाउँ र वडा नंं ४ को टुँडालदेवी बालुवाटार क्षेत्रमा मनाइँदै छ । जात्राका लागि नक्सालको माने खटसमेत ल्याइने जात्रा सञ्चालन समितिका अध्यक्षसमेत रहनुभएका काठमाडौँ–५ का अध्यक्ष रमेश डङ्गोलले जानकारी दिए ।
भातको देउता बनाएर आज टुँडालदेवीमा लगिने जानकारी पनि उहाँले गराउनुभयो । आज बेलुकीदेखि हुने जात्राका लागि सबै तयारी पूरा भएको जनाइएको छ । काठमाडौँमा मनाइने महत्वपूर्ण र अद्वितीय जात्रामध्ये भाटभटेनी जात्रा पनि एक हो । यसलाई हाँडीगाउँ, टुँडालदेवी र गहना खोज्ने जात्रा भनेर पनि चिनिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *