राप्रपा नेपाल युवाहरूको पार्टी हो: कमल थापा

नवलपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी युवाहरुको भएको बताएका छन् । नवलपुरको देवचुली प्रगतिनगरमा युवाहरूद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपा नेपाल युवाहरूको निमित्त खडा भएको पार्टी रहेको दाबी गरे ।

युवामा नेतृत्व हस्तान्न्तरण भएपछि राप्रपा त्यागेर राप्रपा नेपालमा प्रवेश गरेको आरोप खेपेका उनले राप्रपा नेपालमा रहने युवाको भविष्य बरबाद नहुने गरि आफुले राजनीतिक एजेन्डा बोकेको बताए । गत मंसिरमा भएको महाधिवेशनमा युवाहरुको साथ र समर्थन पाएका राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि राप्रपा त्यागेर थापा राप्रपा नेपालको नेतृत्व सम्हाल्न पुगेका हुन् ।

तत्कालीन अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्व हस्तान्तरणमा सहमत भए पनि लिङ्देनसँग अध्यक्षमा प्रतिस्पर्धा गरेर पराजित भएका थापाले देशलाई दूरावस्थामा पुर्याउने भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन र कुशासनविरुद्धमा युवाहरूले आवाज बुलन्द पार्नुपर्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *