फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सामेल नहुन रुसको चेतावनी

काठमाडौँ । रुसले बिहीबार स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल नहुन चेतावनी दिएको छ। सातै रुसले आफ्नो पश्चिमी भागमा दोब्बर भन्दा बढीू सेना थप्ने पनि बताएको छ। रुसको सुरक्षा परिषद्का उप-अध्यक्ष दिमित्री मेदवेदेवले चेतावनी दिदै बिहीबार टेलिग्राममा एक विज्ञप्तिमा स्थल र वायु रक्षा बलहरू बलियो बनाइने कुरा उल्लेख गरेको सीएनएन न्यूजले जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको दुई दशकको शासनकालमा सन् २००८ देखि २०१२ सम्म रुसको राष्ट्रपतिको रूपमा सेवा गरेका मेदवेदेव हालका महिनाहरूमा आक्रामक भएका छन् यद्यपि उनी शीर्ष निर्णयकर्ता भने होइनन् । यसबाहेक, सन् २०१८ को अमेरिकी वैज्ञानिकहरूको प्रतिवेदनले के निष्कर्ष निकालेको छ भने रूसले पोल्याण्ड र बाल्टिक राज्यहरू बीचको रुसी क्षेत्रको एक एक्सक्लेभ कालिनिनग्रादमा परमाणु हतियार भण्डारण बंकरलाई महत्त्वपूर्ण रूपमा आधुनिकीकरण गरेको हुन सक्छ।

बिहीबार युक्रेनमा रुसी आक्रमण भएको ५० दिन पूरा भएको छ र मस्कोको दृष्टिकोणमा उल्लेखनीय परिवर्तन भएको छ। युक्रेनी अधिकारीहरूले पूर्वी डोनबास क्षेत्रमा रुसी सेनाले ठूलो आक्रमणको अपेक्षा गरेका केही दिनदेखि चेतावनी दिएका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *