‘पानी पधेरो’ बनाउने नाममा काठमाण्डौ महानगरपालिका वडा-३२ का वडा अध्यक्षको कालोकर्तुत

काठमाडौं । स्थानीय निकायका जनप्रतिनिधिहरु सबै खराब छन् पनि भन्न सकिन्न र सबै राम्रा छन भनेर पनि पनि भन्न सकिन्न । काठमाण्डौ महानगरपालिका वडा नम्बर ३२ ले गरेको अनगिन्ती खराब कामहरु मध्धे एउटा खराब कामको प्रसंग निक्कै चाख लाग्दो छ । देशमा कोरोनाको दोश्रो लहर चलेर आक्रान्त पारेको बेला थियो । काठमाण्डौ महानगरपालिका वडा नम्बर ३२ स्थित जडीबुटी चोकबाट उत्तर पेप्सीकोला चोक जाने बाटोका घरधुरीहरुलाई खानेपानी त्यो पनि फिल्टर गरेर प्रतिजार रु १० मा उपलब्ध गर्ने योजना बन्यो । कामनपा ३२ वडा अध्यक्ष नवराज पराजुलीलेको अगुवाईमा ‘कमल नयन खानेपानी तथा सरसफाई उपभोक्ता समिति’, का.म.न.पा वडा ३२, अडिबुटीको संयुक्त सहयोगमा पानी पधेरो नामकरण गरि योजना शुर गरियो । कुल लागत ४१ लाख १४ हजार ०४७ रुपैयाँ लाग्ने तय गरि बागमती प्रदेश सरकारबाट ३७ लाख २ हजार बजेट निकाशा भयो अर्थात लागतको ९० प्रतिशत र १० प्रतिशत उपभोक्ता समितिले करिब ४ लाख ११ हजार चानचुन ब्योहोर्ने गरि मिति २०७८ साल असार १ गतेबाट योजना शुरु भयो । नभन्दै योजना शुरु भएको एक महिना भित्र काम सकियो । प्रति जार ५० रुपीया तिरेर बजारिया जारको पानी सधै पिउन नसक्ने गरिव जनतालाई पिउने पानी खुवाउने गरि आएको योजनाको सबैले तारिफ गरेका थिए । जडीबुटी बासी पनि खुशी भए । रु १० रुपियामा प्रति घरधुरी प्रतीदीन एकजार पानी खान पाईने भयो सबै मख्ख भए ।
‘पानी पधेरो’ निर्माण सम्पन्न भैइ २०७८ सालको असोज १ गते उद्घाटन भयो । वडा अध्यक्ष पराजुलीले धेरै राम्रो काम गरेको भनि स्थानीय बासीले मुग्धकण्ठले प्रसंसा पनि गरे ।
उद्घाटन भएको २-३ महिनासम्म पानी बितरण भयो । तर झण्डै ४२ लाखको लागतमा बनेको पानी पधेरो ७०-७५ दिन संचालन भएपछि बन्द भयो ।
बन्द हुनुको कारण पानी फिल्टर गर्न जडान गरिएको बोरिङको पाईप जती गइराईसम्म धसाउनु पर्थ्यो तो धसाईएन । झाराटार्ने हिसावाले बजेट बचाउन कम गहिराईमै बोरिङको पाईप गाडेर छोडियो । अर्थात जति फिट खन्नुपर्ने थियो त्यति नखनी बिचैमा पानी आएपछि बोरिङको पाईप छोडिएको थियोे त्यसको फलस्वरूप बोरिङ सुक्यो र पानी पधेरो पनी सुक्यो । औशीका दिनमा पानी बितरण गर्न थालेर पूर्णिमाका दिन बन्द भएको भनेर अहिले वडा अध्यक्ष पराजुलीको खिसिटिउरी हुने गरेको छ ।
वडा अध्यक्ष र ठेकेदार कम्पनी लुसेन्ट ड्रप नेपालबिचको मिलेमतोमा कमजोर संरचना निर्माण गरि बनाईएको पानी पधेरो क्षिणभरमा अधेरो भयो । भयो के भने झन्डै ४२ लाखमा ठेक्का पाएको ठेकेदारले बोरिङ गर्दा जति गहिराईमा बोरिङको पाईप गाड्नु पर्थ्यो तेती नगाडे कै कारण योजना बिफल भयो । वडा अध्यक्ष पराजुली र ठेकेदार कम्पनी लुसेन्ट ड्रप नेपाल राम्रै बजेट पचाउन सफल भए ।
हेर्दाहेर्दै बागमती प्रदेश र उपभोक्ताको गरि ४२ लाख रुपैयाँ बालुवामा पानी सोसीए झैँ हराएर गयो । स्थानीय जनता वडा अध्यक्षको डरले केही बोल्न सकिरहेको छैनन । अहिले गएर हेर्दा ४२ लाख त होईन ४ लाखको लागतमा पनि ‘पानी पधेरो’ बनाउन लाग्दै भनेर भुक्तभोगी बताउन थालेका छन् । आखै अगाडी भ्रष्टाचार भएको देखी देखी फेरि पनि अहिलेकै वडा अध्यक्ष भोट माग आए भने रित्ता जारै जारले हानेर लखेट्ने योजना स्थानीय बासीले राखेको बुझीएको छ । यो एउटा निमित्त घटना हो । स्थानीय सरकारका नाममा हुने यस्ता अनियमितताका कामबारे निगरानी गर्ने सम्बन्धि निकाय र अख्तियर दुरुपयोग निवारण आयोगले बेलैमा ध्यान पुर्याउनु जरुरी छ ।
यस्तै यस्तै आधादर्जन जति अरु कालाकर्तुत छन् कामनपा ३२ वडाका अध्यक्षको अगुवाइ भएका । हामी यी जस्तै सबै कालाकर्तुत बाहिर ल्याउनेनै छौ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *