कविता: माया नदी जस्तै नदी माया जस्तै

नदी सरी
माया बगेको देखे ।
भोकाएका मन
तड्पिएर
बगर बगर
नदी खोज्दै
हिडेको देखे ।।

एउटा बग्दो नदी
दौडेको कसैले देखेन ।
आत्मा तड्पिन्छ
तिर्खा मेट्न
तिर्खाएको बेला
प्यास नभेटिदा
मन रोएको
कसैले देखेन ।।
मन त थियो
मनमा मन साट्ने ।
जीवन साथी होस
मेरो तिर्खा मेट्ने
पानी जस्तै
कलकल बग्ने ।।
सांचें मनैबाट
मेरो भाग्यमा भए
पाउछु होला
कहीं न कतै
म बगेको छु
नदी सरी
बेगमा
पहरा छिच्ल्दै ।।
छाल हो कि नदी
उड्छु आकाशमा
वेग सरी
म त बग्न सक्छु
तिमी सितै
अविरल अबिरल ।।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *