अछामका तीन पालिकामा कांग्रेसले गठबन्धन नर्गने

काठमाडौँ । सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गरेपनि नेपाली कांग्रेस अछामका तीन पालिकाकाले अस्वीकार गरेका छन् ।साँफेबगर नगरपालिका तथा रामारोशन र चौरपाटी गाउँपालिकाले चुनावमा तालमेल नगर्ने निर्णय गरेका छन् । नगर तथा गाउँकार्य समितिको बैठकले तालमेल नगर्ने निर्णय गरेका हुन् ।

कांग्रेस साफेबगर नगर सभापति लालबहादुर कुँवरले कांग्रेस बलियो रहेको क्षेत्रमा तालमेल गरेर जान नसकिने बताए । उनले कांग्रेसको जनाधारको कदर हुनेगरी निर्णय लिइएको बताए । तीन पालिकामा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले दाबी गरिरहे पनि सहमति जुट्न सकेको थिएन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.