सामाजिक संजाल यसरी ब्यवस्थित गर्ने हिम्मत छ ?

काठमाडौ । अहिलेको बिषम परिस्थितमा होस वा सामान्य समयमा गृह मन्त्रालय मार्फत नियमावली बनाई हटलाईन (फोन,मोबाईल, ईमेल अथवा अन्य माध्यम) मार्फत उजुरी गर्न सकिने अर्धन्यायीक केन्द्रिय सामाजीक संजाल सिंहालोकन केन्द्रू निर्माण होस । यस कक्षले के काम गर्छ भने अहिले जतिपनि सामाजिक संजाल मार्फत सजिलै मनलाग्दी ढंगले ईन्बक्स सन्देशहरु (मेसेज, मेसेन्जर, वाट्सएप, भाईवर, ईमो, स्काईप, ईमेल लगायत) मार्फत (लिखित, आडियो वा भिडियो) सामाग्री समप्रेषण भैइरहेका छन । प्रत्यक्ष प्रसारित सामाग्रीलाई पनि यो संयन्त्रले समेट्छ । तर सामाजिक संजाल प्रयोग गरेर अदृश्य (ईन्बक्स) सामाग्री सम्प्रेषण अधिक रुपमा भैइरहेका छन । यस्तो काम भित्र भित्रै डरलाग्दो रोग बनिसकेको छ । यसरी सम्प्रेषण भएका सामाग्रीको गुणस्तर ठिक छ कि छैन ? कतै राष्ट्रियता विरुद्ध नै विष वमन गर्ने, जातिय सन्तुलन नै बिथोल्न उक्साउने, धार्मिक सन्तुलन बिथोल्न उक्साउने र सामाजिक सन्तुलनलाई नै खल्बल्यान खोज्ने कुत्सित नियत पो छ कि ? प्रापकलाई मन परेको छ भने त ठिक छ । तर, सम्प्रेषण भएका त्यसता सामाग्री प्रापकलाई मन परेको छैन भने त्यसका विरुद्ध उजुरी दिन वा सुन्ने काम त्यो केन्द्रले गरोस । यसरी मापदण्ड जाच्ने कसीको संयन्त्र निर्माण गरौ जुन अनन्तकाल सम्म दिर्घायु रहन्छ र सामाजिक संजाल पनि उत्कृष्ट र ब्यवस्थित बन्छ ।

यस निम्ति नेपाल सरकार मार्फत गृह मन्त्रालयले गर्नुपर्ने काम निम्न अनुसार हुन आवस्यक छ । अहिले नेपालमा जुन किसिमले सामाजिक संजाल मनपरि तरिकाले प्रयोग भैइरहेको छ त्यस्तो अन्य देशमा बिरैले पाईन्छ । अझ भारतमा निकै कडाईका साथ नियन्त्रण गर्ने मेकानिजमहरु लागू गरिएका छ्न ।

यदी कसैलाई कसैले सम्प्रेषण गरेको ईन्बक्स सामाग्री चित्त बुझेन भने त्यो केन्द्रमा उजुरी दिने ब्यवस्था गर्नुपर्छ । यदी कुनै ब्यक्तीले दिएको उजुरी सुनवाइ भएर कार्वान्यन भयो भने त्यस्ता उजुरीकर्तालाई प्रती उजुरी उचित पुरस्कार दिने ब्यवस्था र पिडकलाई दोब्बर रकम जरिवाना र एक महिनादेखि तीन महिनासम्म जेल सजाय हुने ब्यवस्था हुने हो भने जथाभावी सामाजिक संजाललाई दुरुपयोग गर्नेहरु न्यायीक कठराघरमा आउनेछन । यो संयन्त्र तुरुन्त लागुभयो भने संववत सामाजिक संन्जालापनि बिस्तारै ब्यवस्थित हुनेछ ।

यो बिषयलाई सामान्य रुपमा लिएर वास्ता नगर्ने हो भने यसले पार्ने प्रभाव बिकराल बनेर जानेछ । समय मै सरकारले ध्यान दिएर बेलैमा बुद्धि पुर्याएर काम गर्यो भने सामाजिक संजाल पनि उत्कृष्ट र ब्यवस्थित बन्छ । सामाजिक संजाल माथी भने बमोजिम ब्यवस्थित गरे अति उत्तम हुने थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *