७० वर्षीया महिलामाथि बलत्कार

काठमाडौँ । पाल्पामा ७० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रिब्दिकोट गाउँपालिका-४ भैरबस्थान बस्ने २७ वर्षीय संजय सुनारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुनारले ती महिलालाई सोही ठाउँस्थित भैरबस्थान मन्दिर नजिकै शनिबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *