भागवण्डा टुंग्याउन सत्ता गठबन्धन बैठक बस्दै

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन २५ दिन बाँकी छ। निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ । मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी रहँदा सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिका सहितका स्थानीय तहमा उम्मेदवार त परै जाओस् सिटको भागवण्डा पनि मिलाउन सकेको छैन ।

सत्ता गठबन्धनमा रहेका दलबीचमात्र तालमेल गर्ने निर्णय भए पनि सिटको भागबण्डा नै टु‌ंगिएको छैन । नेकपा माओवादी केन्द्रले एक महानगर र चार उपमहानगरपालिकामा दाबी गरेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले ६ वटा महानगर र ११ वटा उपमहानगरपालिमा आआफ्नै अडान कायम राखेका छन् ।

भागवण्डा टुंग्याउन सोमबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बस्दैछ । समितिका सदस्य तथा जनमोर्चा नेता हिमाल पुरीका अनुसार आज बस्ने बैठकबाट सिटको बाँडफाँटबारे निर्णय हुनसक्नेछ । माओवादी केन्द्रले भरतपुर महानगरपालिकासँगै धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरपालिकामा दाबी गरेको छ । एकीकृत समाजवादीले पोखरा महानगरमा दाबी गरेको छ ।

बैठक आइतबार पनि बसेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *