कांग्रेस महामन्त्री शर्माको समन्वयमा ‘प्रदेश डेस्क’

काठमाडौ । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको विजयी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टी केन्द्रीय कार्यालयमा ‘प्रदेश डेस्क’ स्थापना गरेको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले उपसभापति पूणर्बहादुर खड्काको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकको निर्णयानुसार ‘प्रदेश डेस्क’ स्थापना गर्नुभएको हो ।

सातवटै प्रदेश डेस्कसँग केन्द्रीय कार्यालयका तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले समन्वय गर्ने गरी पार्टीका सात सहमहामन्त्रीलाई प्रदेश डेस्कको संयोजकसमेत तोक्नुभएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सो अनुसार प्रदेश नं १ मा सहमहामन्त्री जीवन परियार, मधेश प्रदेशमा सहमहामन्त्री भीष्मराज आङ्दम्वे, बागमती प्रदेशमा सहमहामन्त्री फरमूल्लाह मन्सुर, गण्डकी प्रदेशमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, लुम्बिनी प्रदेशमा सहमहामन्त्री महेन्द्र यादव, कर्णाली प्रदेशमा सहमहामन्त्री बद्री पाण्डे र सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठौरलाई संयोजक तोकिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *