नर्भिकको वार्षिकोत्सवको अवसरमा क्यान्सरको हेल्थ प्याकेजमा छुट

काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटल पुराना प्याकेजहरुमा विशेष छुटको अफर सार्वजनिक गरेको छ । आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा क्यान्सर स्क्रिनिङसँग सम्बन्धित नयाँ प्याकेजहरुको घोषणा गरेको हो । नर्भिकले निकट भविष्यमै क्यान्सरको समेत विश्वस्तरीय उपचार सेवा थालनी गर्दैछ । यसैको पूर्वतयारी स्वरुप अस्पतालले क्यान्सरसँग सम्बन्धित हेल्थ प्याकेजहरु डिजाइन गरी छुटको अफर समेत सार्वजनिक गरेको हो । नर्भिकले क्यान्सरसँग सम्बन्धित ३ वटा हेल्थ प्याकेजहरु ल्याएको छ । जसअन्तर्गत नर्भिकले ४० वर्षभन्दा माथिका महिलाहरुका लागि क्यान्सर स्क्रिनिङको विशेष प्याकेज घोषणा गरेको छ । यो प्याकेजको शुल्क बैशाख महिनाभरिलाई ३० प्रतिशत छुट गरी १४ हजार रुपैयाँ कायम गरिएको छ । ४० वर्षमाथिका महिलाहरुका लागि क्यान्सर स्क्रिनिङको यो विशेष प्याकेज हो । यसअन्तर्गत १० खालका विशेष परीक्षण तथा विशेषज्ञको विशेष परामर्श सेवा समेत समावेश गरिएको छ ।

यस्तै, ४० वर्ष वा सोभन्दा कम उमेरका महिलाहरुमा क्यान्सर पत्ता लगाउने गरी अर्को प्याकेज समेत डिजाइन गरिएको छ । यो प्याकेजमा समेत बैशाख महिनाभरि ३० प्रतिशत छुटको घोषणा गरिएको छ । यसअन्तर्गत ८ वटा विशेष परीक्षण तथा विशेषज्ञको परामर्श सेवा समेत समावेश गरिएको छ । यो प्याकेजको अफर रेट ११ हजार रुपैयाँ रहेको छ । अस्पतालले ४० वर्ष वा सोभन्दा बढी उमेरका पुरुषहरुका लागि समेत क्यान्सर स्क्रिनिङको सुलभ प्याकेज घोषणा गरेको छ । यो प्याकेजको शुल्कमा समेत बैशाख ३१ सम्म ३० प्रतिशत छुट पाइन्छ । यो प्याकेज ५ हजार ५०५ रुपैयाँ मै उपलब्ध हुने अस्पतालले जनाएको छ । यसअन्तर्गत ८ खालका विशेष परीक्षण तथा परामर्श सेवा उपलब्ध हुनेछ ।

यस्तै, नर्भिकले आफ्नो वार्षिकोत्सवको अवसरमा ‘एनिभर्सरी प्याकेज’ समेत घोषणा गरेको छ । यो प्याकेज विशेष खालको फूलबडी चेकअप प्याकेज हो । यो प्याकेजमा २० वटा विशेष खालका परीक्षण समावेश गरिएको छ । साबिकको शुल्कमा ३० प्रतिशत छुट गरी यो प्याकेज १८ हजार ७ सय रुपैयाँमा खरीद गर्न सकिनेछ । यो प्याकेज आगामी बैशाख ४ गतेदेखि लागू भई १० दिनसम्मका लागि रहनेछ । यसैगरी अस्पतालले एनिभर्सरीकै अवसर पारेर अस्पतालबाट उपलब्ध हुँदै आएका अन्य हेल्थ प्याकेजहरुमा समेत छुटको अफर सार्वजनिक गरेको छ । यो प्याकेज अन्तर्गत बैशाख ४ गते देखि अस्पतालमा परामर्श सेवा तथा चेकजाँचका लागि आउने बिरामीहरुलाई एउटा विशेष कुपन उपलब्ध गराइनेछ । सो कुपनले बैशाखभरि नै अस्पतालको जुनसुकै प्याकेज लिएर १० प्रतिशत छुटको सुविधा पाउन सकिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *