१५ वर्षीया किशोरीलाई बलत्कार गरेको अभियोगमा पक्राउ

ललितपुर । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महाङ्काल गाउँपालिका-६ ठुला दुर्लुङ सिलिङ्गे बस्ने ५१ वर्षीय डिल्लीराम सिवाकोटीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । सिवाकोटीले ती किशोरीलाई ललाई फकाई २०७८ भदौदेखि पटकपटक जबरजस्ती करणी गर्दै आएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाँउ र प्रहरी चौकी गिम्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उदयपुर । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-५ खोलटार बस्ने ४० वर्षीय सन्तोष जोशीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई सन्तोषले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसको बारेमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिहेको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *