आईएमई पेबाट हवाइ टिकट काट्दा छुट

काठमाडौँ । आईएमई ग्रपद्वारा संचालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आईएमई पे ’ ले हवाइ उडान टिकटको नयाँ योजना सार्वजनिक गरेको छ । पहिलो पटक आईएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आईएमई पे एपबाट हवाइ उडान टिकट काट्ने सेवाग्राहीहरूले सर्वाधिक क्यासब्याकको साथै अतिरिक्त ३०० रुपैयँ छुट प्राप्त गर्ने प्रबन्ध मिलाइएको छ ।

यात्राको लागि सबैभन्दा सहज माध्यम हवाइ उडान भएकोले, आईएमई पेले यात्रुहरुलाई हवाइ उडानमार्फत यात्रा गर्न प्रोत्साहन दिन समय–समयमा यस्ता योजनाहरु प्रस्तुत गर्दै आएको छ । नयाँ योजना अनुसार हवाई उडान टिकटमा ५० प्रतिशत सम्मको छुटदेखि लिएर नेपालको कैयौं रमणीय गण्तव्यको फ्री हवाइ टिकट प्रदान गर्नेजस्ता योजनाहरू आईएमई पे ले ल्याउने जनाएको छ । योजनामा कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । पहिलो पटक आईएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आईएमई पे एपबाट हवाइ उडान टिकट काट्ने सेवाग्राहीहरुले मात्र यो अफर मार्फत छुट पाउँने छन् । अरु प्रयोगकर्ताहरूले नियमित सर्वाधिक क्यासब्याकमा आईएमई पे एपमार्फत हवाइ उडान टिकट बुक गर्न सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *