पछिल्लो चौबिस घण्टामा २१ जिल्लाका ३० स्थानमा आगलागी

काठमाडौँ । पछिल्लो चौबिस घण्टामा देशको ३० स्थानमा आगलागीका घटना भएका छन् । राष्ट्रिय विपद् दोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार विहान १० बजेदेखि मंगलबार विहान १० बजेसम्मको अवधिमा उक्त आगलागीका घटना भएका हुन् । मोरङ, पर्वत, झापा, जाजरकोट, ललितपुर, ताप्लेजुङ, कपिलवस्तु, दोलखा, खोटाङ, सप्तरी, पर्सा, बारा, काठमाडौं, सुनसरी, बर्दिया, दाङ, तेह्रथुम, ओखलढुंगा, डोटी, धनकुटा र भोजपुर जिल्लाका विभिन्न स्थानमा आगलागी भएको प्राधिकरणले जनाएको छ ।

आगलागीका घटनामा परी बितेको चौबिस घण्टामा ७ जना घाइते भएका छन् । वैशाख १ गतेयता देशभर ९८ वटा आगलागीका घटना रेकर्ड भएका छन् । ती घटनामा परी १ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । आगलागीका घटनाले यसवर्ष ६ करोड २६ लाख ६६ हजार ६०० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ ।

गत वर्ष अर्थात २०७८ सालमा देशभर २ हजार ४६६ वटा आगलागीका घटना रेकर्ड भएका थिए । ती घटनामा परी ९५ जनाले ज्यान गुमाएका थिए भने ३८१ जना घाइते भएका थिए । आगलागीका कारण गत वर्ष राज्यले २ अर्ब २७ करोड ३४ लाख ३१ हजार ३२४ रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *